शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघ्यो, कुन देशमा कतिको मृत्यु ? 

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघ्यो, कुन देशमा कतिको मृत्यु ? 

पछिल्लो २४ घण्टामा ४ हजार ९८ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख २ हजार ३ सय ८३ पुगेको वर्डओ मिटरले लेखेको छ । 
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ । 

triton college

पछिल्लो २४ घण्टामा ४ हजार ९८ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख २ हजार ३ सय ८३ पुगेको वर्डओ मिटरले लेखेको छ । 

जोन हपकिन्स विश्वविद्यालयका अनुसार भने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ लाख ९६ हजार ९६ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले संकलन गरेको तथ्यांकअनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख ९१ हजार २ सय २४ छ । 

तथ्यांक फरक फरक भएपनि कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नजिक रहेको छ । जोन हपकिन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म कोरोनाबाट ३ करोड २९ लाख ६९ हजार ९ सयभन्दा धेरै कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

सबैभन्दा धेरै संक्रमित र मृतक अमेरिकामा छन् । जहाँ कोरोनाबाट ७१ लाख १० हजार ७ सय भन्दा धेरै संक्रमित भएका छन् भने २ लाख ४ हजार ७ सय ५० जनाको मृत्यु भएको छ। 

corrent noodles
Metro Mart

छिमेकी मुलुक भारतमा ५९ लाख ९२ हजार ५ सय ३२ जना संक्रमित हुँदा ९४ हजार ५ सय ३ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४७ लाख १८ हजारमा संक्रमण पुष्टि हुँदा१ लाख ४१ हजार ४ सय ६ जनाको मृत्यु भएको छ । 

यस्तै कोरोनाबाट मेक्सिकोमा ७६ हजार ४ सय ३०, बेलायतमा ४२ हजार ७७, इटालीमा ३५ हजार ८ सय ३५, पेरुमा ३२ हजार १ सय ४२, फ्रान्समा ३१ हजार ६ सय ७५ र स्पेनमा ३१ हजार २ सय ३२ जनाको मृत्यु भएको छ । 

त्यस्तै कोलम्बियामा २५ हजार ४ सय ८८, रुसमा २० हजार २ सय, दक्षिण अफ्रिकामा  १६ हजार ३ सय ९८,३९, अर्जेन्टिनामा १५ हजार ७ सय ४९ जनाको मृत्यु भएको छ । 

प्रकाशित: Sep 28, 2020| 01:49 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।