शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • हिमालय एयरलाइन्सले ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी नपाउने

हिमालय एयरलाइन्सले ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी नपाउने

हिमालय एयरलाइन्सलाई दिइएको ‘ग्राउण्ड ह्याण्डलिङ’को जिम्मेवारी तत्काल कार्यान्वयन नहुने भएको छ।
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं– हिमालय एयरलाइन्सलाई दिइएको ‘ग्राउण्ड ह्याण्डलिङ’को जिम्मेवारी तत्काल कार्यान्वयन नहुने भएको छ।

triton college

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तत्काल हिमालय एयरलाइन्सलाई ‘ग्राउण्ड ह्याण्डलिङ जिम्मा दिने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्।

पर्यटनमन्त्री भट्टराईले आज बिहान प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमा बोलाएर तत्कालका लागि हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ गर्न नदिन निर्देशन दिएको मन्त्रालयका उच्च अधिकारीले जानकारी दिए। 

मन्त्री भट्टराईले सो एयरलाइन्सको बारेमा थप अध्ययनपछि मात्र आगामी दिनमा के गर्ने भन्ने निर्णय लिने पनि पोखरेललाई जानकारी दिएका थिए।

उनले हिमालय एयरलाइन्सको प्राविधिक क्षमता, व्यावसायिक प्रस्ताव, जनशक्तिलगायत सम्पूर्ण कुराको अध्ययन गरिने पनि पोखरेलसँग स्पष्ट पारेका थिए। त्यसैगरी मन्त्री भट्टराईले यस्ता संवेदनशील निर्णय गर्दा मन्त्रालयको उच्च नेतृत्वलाई जानकारी गराएर मात्र गर्न पनि निर्देशन दिएका छन्। 

corrent noodles
Metro Mart

हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिएको निर्णय सार्वजनिक भएपछि सर्वत्र विरोध भएको थियो। विरोध भएपछि मन्त्री भट्टराईले पोखरेललाई बोलाएरै सो निर्देशन दिएको मन्त्री निकट स्रोतले जानकारी दियो। 

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई पनि सँगै राखेर मन्त्री भट्टराईले मन्त्रालयको उच्च तहसँग कुनै पूर्वजानकारी र सहमति नलिई उक्त निर्णय लिएकोबारे महानिर्देशकसँग जवाफ मागेको बताइएको छ।

प्राधिकरणको ग्राउण्ड ह्याण्डलिङ निर्देशिका २०७२ को परिच्छेद २ को दफा ४ मा ग्राउण्ड ह्याण्डलिङका लागि त्रिभुवन विमानस्थलमा हप्तामा ३५ उडान गर्ने एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ अनुमति दिन सक्ने प्रावधान छ। हिमालय एयरलाइन्सको हप्तामा ४५ उडान अनुमति स्वीकृत भएको प्राधिकरणले जनाएको छ ।
 

प्रकाशित: Sep 27, 2020| 11:08 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्