NadaNada
बुधबार, भदौ ४, २०८२

आधिकारिक ट्रेड युनियनको निर्वाचन अविलम्ब गर्न माग 

 |  बुधबार, असोज ७, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

vianetvianet

काठमाडौं- आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको भन्दै नेपाल निजामती कर्मचारी युनियन (संघ) ले गम्भीर आपत्ति जनाएको छ। 

संघले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर निर्वाचन स्थगित गरिएकोमा आपत्ति जनाएको हो। युनियनले अविलम्ब निर्वाचन गर्न पनि माग गरेको छ। 

संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले निर्वाचन कार्यालयहरु तोकिएर निर्वाचन प्रक्रिया अघि बढाइएको अवस्थामा सरकारले सरोकारवालाहरुसँग परामर्श, छलफल र समन्वय नै नगरी एक्कासी निर्वाचन स्थगित गरेको भन्दै गम्भीर आपत्ति जनाए।

‘मतदाता नामावली प्रकाशित गरेर निर्वाचन प्रक्रियामा अघि बढेको अवस्था थियो। तर, सरकारले एकाएक कसैसँग पनि सरसल्लाह र समन्वय नै नगरी एक्कासी निर्वाचन स्थगित गर्ने निर्णय गर्यो,’ उनले भने, ‘यो लोकतन्त्रमाथिको धावा हो। निर्वाचन स्थगित संविधानको भावना र कानूनविपरित भएको छ।’

सत्तारुढनिकट ट्रेड युनियन संगठनहरुबीच एकता नभएको अवस्थामा सरकारले निर्वाचन स्थगित गरेको युनियनको आरोप छ। 

Metro Mart

आधिकारिक ट्रेड युनियनका महासचिव सुवोधकुमार देवकोटाले चाँडोभन्दा चाँडो निर्वाचन सुनिश्चित गरिनुपर्ने बताए। सरकारले एक्कासी निर्वाचन स्थगित गरेको निर्णय आपत्तिजनक भएको उनको भनाइ छ। 

‘नेपाल सरकारको निर्णयानुसार निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको दोश्रो निर्वाचन यही मिति २०७७/०६/२४ गते तोकी सम्पूर्ण जिल्ला र विभागीय ईकाइहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनको सम्पूर्ण तयारी पूरा भैसकेको अवस्थामा नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०७७/०६/०६ गतेको निर्णयानुसार प्रस्तावित निर्वाचन हठात् विनाकारण स्थगित गरेको निर्णयले नेपाल निजामती युनियन (संघ) आश्चर्यचकित र स्तब्ध भएको छ।’ युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

युनियन (संघ) ले निर्वाचनको विकल्प फेरि पनि निर्वाचन भएकोले लोकतान्त्रिक मान्यता र संस्कार अनुरुप अविछिन्न

उत्तराधिकारवाला आधिकारिक ट्रेड युनियनको कानूनी कार्यकाल समाप्त भैसकेको अवस्थामा तुरुन्त निर्वाचन प्रक्रिया सुचारु गरी निर्वाचनमार्फत् नै आधिकारिक ट्रेड युनियनको गठन गर्न जोडदार माग गरेको छ।

प्रकाशित: Sep 23, 2020| 08:55 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।