सोमबार, वैशाख १७, २०८१

५१ जिल्लामा संक्रमित थपिए (कुन जिल्लामा कति ?)

सोमबार ५१ जिल्लामा ११ सय ७० जनामा कोरोना पुष्टि भएको छ। २६ जिल्लामा भने संक्रमित थपिएका छैनन्।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं– सोमबार ५१ जिल्लामा ११ सय ७० जनामा कोरोना पुष्टि भएको छ। २६ जिल्लामा भने संक्रमित थपिएका छैनन्।

triton college

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ का ६ जिल्लामा १०८ जना संक्रमित थपिएका छन् । जसमध्ये उदयपुरमा २ जना, ओखलढुंगामा १९ जना, झापामा ७ जना, भोेजपुरमा २ जना, मोरङमा ३२ जना र सुनसरीमा ४६ जना छन्।

प्रदेश २ का धनुषामा ६ जना, पर्सामा ९, बारामा १२ जना, महोत्तरीमा १ जना, सप्तरी र सर्लाहीमा २–२ जना र सिरहाका ३४ जना गरी ६६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांक छ।

बागमती प्रदेशका ११ जिल्लामा ५८९ जनामा संक्रमण पुिष्ट भएको छ। जसममध्ये काठमाडाैंमा ४४० जना, काभ्रेपलाञ्चोकमा १८ जना, चितवनमा ३१ जना, दोलखामा १ जना, धादिङमा १ जना, नु्वाकोटमा ३ जना, भक्तपुरमा ४३ जना, मकवानपुरमा १४ जना, रामेछापमा १ जना, ललितपुरमा २९ र सिन्धुलीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा कास्कीमा ५४ जना, गोरखामा १० जना, तनहुँमा १७ जना, नवलपरासी पूर्वमा २ जना, लमजुङमा ४ जना, बाग्लुङमा २ जना र स्याङ्जामा २ जना गरी जम्मा ९१ जनामा संक्रमण पुष्टि भएको छ ।

corrent noodles
Metro Mart

प्रदेश नं ५ को अर्घाखाँचीमा १ जना, कपिलवस्तुमा ६ जना, गुल्मीमा २ जना, दाङमा ४५ जना, नवलपरासीमा ७ जना, पाल्पामा ७ जना, बाँकेमा २४ जना, रुपन्देहीमा ८१ र रोल्पामा २ जना गरी जम्मा १७५ जना संक्रमित भएका छन् ।

कर्णाली प्रदेशका ५ जिल्लामा ५१ जना संक्रमित भएका छन् । जसमध्ये कालिकोटमा १ जना, जाजरकोटमा २ जना, दैलेखमा ७ जना, सल्यानमा २ जना र सुर्खेतमा ३९ जना रहेका छन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा जम्मा ९० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका जिल्लाहरुमा अछाममा ५ जना, कञ्चनपुरमा ३ जना, कैलालीमा ७० जना, डडेलधुरामा १ जना, डोटीमा ८ जना र बझाङमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

आज सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ छ। जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ८१८ जना छन् भने होम आइसोलेसनमा ७ हजार २७५ जना रहेका छन्।

नेपालमा आज १० हजार ८७८ जनाको पीसीआर परीक्षण गरिएको छ। जम्मा ८ लाख ५१ हजार ५०४ जनाको पीसीआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या ८७९ रहेको छ। योसहित हालसम्म डिस्चार्ज हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा ६ हजार ८९२ जना बसिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएको छ। योसहित कुल मृतकको संख्या ३६० पुगेको छ।

प्रकाशित: Sep 14, 2020| 17:06 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।