शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • 'संविधान जारी गर्दा भारतको धम्की' उल्लेख गरिएको एमाले दस्तावेज विवादित

'संविधान जारी गर्दा भारतको धम्की' उल्लेख गरिएको एमाले दस्तावेज विवादित

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको 'विसं २०७२ सालमा नेपालको संविधान जारी गर्दा भारतले धम्काएको' भन्‍ने उल्लेख गर्दै पेस गरेको राजनीतिक प्रतिवेदन विवादित बनेको छ।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं- पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको 'विसं २०७२ सालमा नेपालको संविधान जारी गर्दा भारतले धम्काएको' भन्‍ने उल्लेख गर्दै पेस गरेको राजनीतिक प्रतिवेदन विवादित बनेको छ। 

triton college

नेकपा एमालेको आइतबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा संविधान जारी गर्दा भारतीय प्रतिनिधि आएर नेपाली नेपालहरुलाई धम्की दिएको उल्लेख गरेका छन्। 

प्रतिवेदनमा भनिएको छ, 'एस जयशंकर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत बनेर आएका थिए। उनले हामीहरु (दलका प्रमुख नेताहरु)सँग भेट गरेका थिए। उनले भनेका थिए- यदि संविधानका विषयमा भारतले दिएका सुझाव र चासोका विषयलाई अवमूल्यन गरिएमा त्यसको परिणाम राम्रो हुँदैन।' 

पूर्वप्रधानमन्त्री ओलीको उक्त दस्तावेजमा राखिएको वाक्यांश अहिले विवादित बनेको हो। भारतीय सञ्‍चारमाध्यमहरुले ओलीको उक्त टिप्पणीप्रति आपत्ति जनाउँदे 'ओलीले भारतविरोधी टिप्पणी किन गरे?', 'के भारतको विरोध गर्नु ओलीको राष्ट्रवाद हो' भन्‍ने प्रश्‍न गरेका छन्। 

बीबीसी हिन्दीका अनुसार भारतले हालसम्म नेपाललाई संविधानका विषयमा कुनै धम्की दिएको पुष्टि नभएको उल्लेख गरेको छ। 'तर, नेपालका पूर्व प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीका विशेष दूतले धम्की दिएको आरोप लगाएका छन्,' बीबीसीले भनेको छ। 

corrent noodles
Metro Mart
भारतीय सञ्‍चारमाध्यमहरुले ओलीको उक्त टिप्पणीप्रति आपत्ति जनाउँदे 'ओलीले भारतविरोधी टिप्पणी किन गरे?', 'के भारतको विरोध गर्नु ओलीको राष्ट्रवाद हो' भन्‍ने प्रश्‍न गरेका छन्। 

विसं २०७२ सालमा नेपालले संविधान जारी गर्ने क्रममा नेपालको तराई केन्द्रित मधेसवादी दलहरुका मागलाई सम्बोधन नगरिएको भन्दै मधेसवादी दलहरु हालसम्म पनि संविधान दिवसलाई कालो दिवसको रुपमा मनाइरहेका छन्। 

भारतले नेपालको संविधानका विषयमा कुनै आधिकारिक विरोध नगरेको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन्। तर, नेपाली नेतृत्वसँगको द्विपक्षीय वार्तामा भने भारतले यसबारे चिन्ता व्यक्त गरेको बताइएको छ। 

नेपालमा संविधान दिवस मनाइरहेको समयमा आएको ओलीको राजनीतिक प्रतिवेदनमा राखिएको उक्त वाक्यांशको पुष्टि नभए पनि पटक-पटक आरोप लगाएको प्रति आपत्ति जनाइएको छ। 

सन् २०१५ को सेप्टेम्बर २० मा विशेष दूत बनेर आएका एस जयशंकरले तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला र विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका थिए। उक्त भेटमा जयशंकरले के भनेका थिए भन्‍ने कुरा हालसम्म सार्वजनिक भएको छैन। तर, ओलीले भने सत्ता बाहिर हुँदा पटक-पटक भारतको विरोध गर्दै उक्त टिप्पणी गर्ने गरेका  छन्। 

ओलीले आफ्नो जनाधार कमजोर भएको महसुस गरेको अवस्थामा भारतको विरोध गर्ने गरेको पाइएको राजनीतिकशास्त्रका प्राध्यापक पुष्प अधिकारीले बताएका छन्। उनले यस्तो विवादित अभिव्यक्ति दिएर आफूलाई राष्ट्रवादी बनाउन खोजेको आरोपसमेत लगाएका छन्।

प्रकाशित: Sep 22, 2021| 21:45 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...