शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अस्पतालमा मृत्यु भएकी महिलामा दाहसंस्कारपछि कोरोना पुष्टि

अस्पतालमा मृत्यु भएकी महिलामा दाहसंस्कारपछि कोरोना पुष्टि

पोखरामा बिहीबार राति मृत्यु भएर दाहसंस्कार गरिएकी एक महिलामा आज (शनिबार) कोरोना पुष्टि भएको छ।
 |  शनिबार, भदौ २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २७, २०७७

पोखरा- पोखरामा बिहीबार राति मृत्यु भएर दाहसंस्कार गरिएकी एक महिलामा आज (शनिबार) कोरोना पुष्टि भएको छ।

triton college

माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घर भई पोखरा महानगरपालिका–५ मालेपाटन बस्दै आएकी ४७ वर्षीया महिलाको शुक्रबार बिहानै अन्त्येष्टि गरिएकामा आज कोरोना पोजिटिभ रिपोर्ट आएको महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ।

ब्लड क्यान्सरबाट पीडित उनी स्वास्थ्यमा समस्या भएपछि फिस्टेल अस्पतालमा तीन दिनअघि भर्ना भएकामा बिहीबार बिहान कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको थियो। उनको बिहीबार राति १ बजे भेन्टिलेटरमा मृत्यु भएको थियो।

अस्पतालले कोरोनाका कारणले नभई मृत्यु अन्य कारणले भएको जनाउँदै भोलिपल्ट बिहान परिवारजनलाई शव हस्तान्तरण गरेपछि परिवारले अन्त्येष्टि गरेका थिए। महिलाको अन्त्येष्टिमा ठूलो संख्यामा स्थानीयहरु उपस्थित भएका थिए।

अस्पतालले शव लैजान भनेकाले आफूहरुले ल्याएर अन्त्येष्टि गरेको मृतकका श्रीमान बताउँछन्। उनका अनुसार अस्पतालले मृत्युको कारण कोरोना नभई फरक हो, लैजानु भनेपछि रिपोर्ट नआउँदै अन्त्येष्टि गरिएको हो।

corrent noodles
Metro Mart

अस्पताल प्रशासनले नमूना लिइसकेपछि त्यसको रिपोर्ट नआउँदै परिवारलाई शव हस्तान्तरण गर्नु गम्भिर लापरबाही भएको स्वास्थ्य महाशाखाको भनाइ छ। महाशाखाले मलामी गएका सबैजनालाई कम्तिमा पाँच दिन अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्न समेत आग्रह गरेको छ।

प्रकाशित: Sep 12, 2020| 16:20 शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।