शुक्रबार, वैशाख १४, २०८१

धनगढीमा कार्यरत थप ३७ प्रहरीमा कोरोना पुष्टि

धनगढीमा कार्यरत थप ३७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि भएका प्रहरीको संख्या ८३ पुगेको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

धनगढी- धनगढीमा कार्यरत थप ३७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि भएका प्रहरीको संख्या ८३ पुगेको छ।

triton college

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३७ जनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक मुकेश सिंहले बताए।

प्रहरी वरिष्ठ उपरीक्षक सिंहका अनुसार सबै संक्रमित प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत छन्। कोरोना पुष्टि भएका प्रहरीको दर्जा भने खुलाइएको छैन।

यसअघि बुधबार गणमा कार्यरत ४ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो। कैलालीका ६७ सहित सुदूरपश्चिममा थप ७० जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ७० जनामा कोरोना पुष्टि भएको छ।

corrent noodles
Metro Mart

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३१९ जनाको परीक्षणमा ६९ जनामा संक्रमण पुष्टि भएको छ। कैलालीका ६७ जनामा संक्रमण पुष्टि भएकोमा ५० जना धनगढी उप–महानगरपालिकाका रहेको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिकाका १३ जना, कैलारी गाउँपालिकाका एक जना, चुरे गाउँपालिकाका दुई जना, घोडाघोडी नगरपालिकाका एक जना र कञ्चनपुरको पुर्नवास नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ६१ ज्नाको परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उता, डडेल्धुरा अस्पतालमा ९७ जनाको परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको डडेल्धुरा अस्पतालले जनाएको छ।

प्रकाशित: Sep 10, 2020| 17:20 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।