शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना नियन्त्रणका लागि प्रदेश १ सरकारद्वारा १ करोड निकाशा

कोरोना नियन्त्रणका लागि प्रदेश १ सरकारद्वारा १ करोड निकाशा

प्रदेश १ सरकारले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारका लागि १ करोडभन्दा बढी रकम निकासा गरेको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

विराटनगर– प्रदेश १ सरकारले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारका लागि १ करोडभन्दा बढी रकम निकासा गरेको छ।

triton college

प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनको लागि स्थानीय तह, जिल्ला अस्पताल लगायतलाई १ करोड १० लाख रकम पठाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मोरङका सुनवर्षी र रतुवामाई नगरपालिकालाई १०–१० लाख, धनपालथान, जहदा र कटहरी गाउँपालिकालाई ५–५ लाखका दरले आइसोलेसन केन्द्र स्थापना र सञ्चालनका लागि रकम पठाएको छ। उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १० लाख, झापाको गौरीगञ्ज र कमल गाउँपालिकालाई ५–५ लाख रकम प्रदेश सरकारले पठाएको छ ।

इलाम अस्पताललाई १० लाख, उदयपुर अस्पताललाई १५ लाख, सुनसरीको झुम्का कारागारलाई १० लाख रकम पठाएको छ ।

सुनसरी जिल्लाको क्वारेन्टिन, आइसोलेसन र होल्डिङ्ग सेन्टरको व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई १० लाख र प्रदेश प्रहरी कार्यालय विराटनगर परिसर भित्रको आइसोलेशन व्यवस्थापनका लागि प्रदेश प्रहरी कार्यालयलाई १० लाख रकम उपलब्ध गराएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

corrent noodles
Metro Mart

स्थानीय तहको आवश्यकता र माग बमोजिम प्रदेश सरकारले आवश्यक रकम उपलब्ध गराउँदै आएको मुख्यमन्त्री शेरधन राईले बताए । कोभिड महामारीको रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य रहेको मुख्यमन्त्री राईले बताए ।

प्रकाशित: Sep 10, 2020| 16:11 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।