शनिबार, वैशाख २२, २०८१

यस्तो छ परराष्ट्रमन्त्री खड्काको न्युयोर्क भ्रमणको कार्यतालिका

संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा सहभागी हुन परराष्ट्रमन्त्री डा. नारायण खड्का बुधबार न्युयोर्कका लागि प्रस्थान गर्ने भएका छन्।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं– संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा सहभागी हुन परराष्ट्रमन्त्री डा. नारायण खड्का बुधबार न्युयोर्कका लागि प्रस्थान गर्ने भएका छन्।

triton college

नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै बुधबार राति राष्ट्रसंघको मुख्यालय न्युयोर्क प्रस्थान गर्न लागेका परराष्ट्रमन्त्री डा. खड्काले महासभाको जनरल डिबेटमा सहभागिता जनाउने भएका छन्। 

सेप्टेम्बर १५ बाट औपचारिक रुपमा सुरु भएको ७६ औं महासभामा मंगलबारदेखि जनरल डिबेट सुरु भएको छ।  महासभाको यस वर्षको नारा ‘हामीले चाहेको भविष्य, हामीलाई राष्ट्रसंघको आवश्यकताः बहुपक्षीयताका लागि हाम्रो सामूहिक प्रतिबद्धताको पुनःपुष्टि गर्दै’ रहेको छ। 

न्युयोर्कमा रहँदा परराष्ट्रमन्त्री खड्काले मन्त्रीस्तरीय साइडलाइन बैठकहरुमा सहभागिता जनाउने छन् भने समकक्षीहरुसँग द्विपक्षीय बैठकहरु पनि हुने जनाइएको छ। 

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रसंघका उच्च अधिकारीहरुसँग पनि बैठक हुने कार्यसूची रहेको छ। परराष्ट्रमन्त्री खड्कासँगै परराष्ट्र सचिव भरतराज पौड्याल र अन्य सरकारी उच्च अधिकारी टोलीमा सहभागी हुने बताइएको छ। त्यसैगरी राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित मिसनका अधिकारीहरु पनि महासभामा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Sep 22, 2021| 17:34 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...