शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आजबाट निषेध आदेश हट्यो, यातायातसँगै के के खुल्यो ? अझै के के बन्द ?

आजबाट निषेध आदेश हट्यो, यातायातसँगै के के खुल्यो ? अझै के के बन्द ?

निषेध आदेश खुलेसँगै अब पसल, बजार सार्वजनिक यातायात समेत चल्न पाउने भएका छन् । तर पसलहरु बारअनुसार र यातायातहरु जोरबिजोर प्रणाली अनुसार सञ्चालन गर्न पाइनेछ ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा जारी २१ दिने निषेध आदेश आज (बिहीबार)बाट खुलेको छ ।

triton college

निषेध आदेश खुलेसँगै अब पसल, बजार र सार्वजनिक यातायात समेत चल्न पाउने भएका छन् । तर पसलहरु बारअनुसार र यातायातहरु जोरबिजोर प्रणाली अनुसार सञ्चालन गर्न पाइनेछ ।

सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल लगायत स्वास्थ्य मापदण्ड पालना गरी साताको सोमबार, बुधवार र शनिबार मात्र खोल्न पाइनेछ।

भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न सकिनेछ। फर्निचर, अटो मोबाइल सम्बन्धी पसलहरु सातामा सोमबार र बुधवार मात्र खोल्न सकिने छ।

खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु बिक्री वितरण गर्ने पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न सकिने छ।

corrent noodles
Metro Mart

विकास निर्माणसँग सम्बन्धित सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय र ढुवानीमा प्रयोग हुने सवारी साधन दिउँसो २ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न दिइने भएको छ।

टेक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन स्वास्थ्य मापदण्ड पालना गरी दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाउँने भएका छन् ।

फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म खोल्न दिइने भएको छ । सहकारी संस्थाहरु बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न सकिने छ।

यातायातहरुमा जोरबिजोर प्रणाली लगाइएको छ । निजी सवारी साधन सबै र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन अब जोर विजोर प्रणालीमा सञ्चालन हुने भएका हुन् ।

ट्याक्सीमा चालकसहित ३ जना मात्र बस्न पाइनेछ भने सार्वजनिक सवारी साधनमा एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइने प्रावधान बनाइएको छ ।

अझै के के गर्न पाइदैन् ?

खुला स्थानमा भेला हुन

जात्रा, महोत्सव, भोजभतेर सञ्चालन गर्न

मठ मन्दिर, मस्जिद, चर्चलगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरुमा दैनिक पुजाबाहेकका गतिविधि गर्न

धार्मिक तथा सामाजिक कार्य गर्नका लागि हुने जमघट

भिडभाड गर्न, सभा जुलुस गर्न

बढी भिड हुने उद्योग सञ्चालन गर्न

शैक्षिक संस्था सञ्चालन गर्न

सबै प्रकारका सभा, गोष्ठी, तालिम, सिनेमा हल सञ्चालन गर्न

कामदार ओसार पसार गर्न

प्रकाशित: Sep 10, 2020| 06:32 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।