शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • १७ वर्षीया किशोरी बलात्कारकाे आराेपमा शिक्षकसहित ३ जना पक्राउ

१७ वर्षीया किशोरी बलात्कारकाे आराेपमा शिक्षकसहित ३ जना पक्राउ

बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

बैतडी- जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ।

triton college

किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार गरेको आरोप लागेको छ।

आरोपित सबैलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

किशोरीलाई ललाइफकाई गरेर करणी भएको भए पनि कानूनअनुसार कारवाही हुने जनाइएको छ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइफकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानूनी कारवाही हुने उल्लेख छ।

corrent noodles
Metro Mart

कानूनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ।

बलात्कृत किशोरीलाई प्रहरीले उद्धार गरेको छ।

ती किशोरीलाई विद्यालयमै पढाउने शिक्षक र अहिले गाउँपालिकामा कार्यरत कर्मचारीले पटकपटक बलात्कार गरेको आरोप लागेपछि प्रहरीले उद्धार गरेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए।

'हामीले घटनाको सूक्ष्म अध्ययन गरिरहेका छौँ। पीडित किशोरीलाई पनि बुझ्ने काम गरिरहेका छौँ। यो घटनामा संलग्न भएका कसैलाई पनि छाडिँदैन', उनले भने।

पीडित किशोरीसँगै उनका श्रीमान् र एकजना दाजुसमेत सदरमुकाम पुगेका छन्। सोमबार सिगास पुगेको प्रहरीले मङ्गलबार किशोरीको उद्धार गरेर सदरमुकाम ल्याएको हो।

पीडित किशोरीलाई जिल्ला अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा राखिने प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए।

किशोरीले बिहे गरेको छ महिनामै बच्चा जन्माएपछि बलात्कार भएको घटना बाहिर आएको हो।

यो घटना पहिलाकै भए पनि स्थानीयस्तरमै मिलाउन प्रयास गरिएकाले ढिलो गरी बाहिर आएको किशोरीका आफन्तले बताएका छन्। -रासस

प्रकाशित: Sep 09, 2020| 07:35 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।