शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • देउवा प्रधानमन्त्री बन्नु र म रिहा हुनुको बीचमा कुनै साइनो छैनः गच्छदार

देउवा प्रधानमन्त्री बन्नु र म रिहा हुनुको बीचमा कुनै साइनो छैनः गच्छदार

ललिता निवास प्रकरणमा धरौटीमा रिहा भएका कांग्रेस उपसभापति विजयकुमार गच्छदारले अदालत प्रधानमन्त्रीको निर्देशनमा नचल्ने बताएका छन्।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं– ललिता निवास प्रकरणमा धरौटीमा रिहा भएका कांग्रेस उपसभापति विजयकुमार गच्छदारले अदालत प्रधानमन्त्रीको निर्देशनमा नचल्ने बताएका छन्।

triton college

गत असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्ट १० लाख धरौटीमा रिहा भएका गच्छदारले अदालतले आफूलाई न्याय दिएको बताएका हुन्। 

उनले देउवा प्रधानमन्त्री हुनु र आफ्नो मुद्दामा अदालतले आदेश दिनुका बीचमा कुनै साइनो नभएको बताए। उनले अदालतको आदेश र देउवाको नियुक्तिलाई दिएर ‘काग कराउनु र चल्ला हराउनु’ जस्तो मात्रै भएको बताए।

‘लकडाउनका कारण लामो समयदेखि अदालत बन्द थियो। त्यसले गर्दा मुद्दा पछि सर्यो। बीचमा म पारिवारिक वियोगबाट गुज्रनुपर्यो। त्यसैले अदालतमा उपस्थित हुन सकिनँ,’ उनले भने, ‘प्रधानमन्त्रीको निर्देशनबाट अदातल चल्दैन। एकै छिनमा हुँदैन नि। महिनौं दिनदेखिको तयारी हो। काग कराउनु र चल्ला हराउनु भएजस्तो मात्रै हो,’ उनले भने, ‘देउवा प्रधानमन्त्री बनेपछि म छुटेको भन्ने हुँदै होइन। प्रधानमन्त्रीको निर्देशन अनुसार अदालत चल्ने हो भने त पहिलै नै प्रतिशोध साँधिएको थियो नि त।अदालतले मलाई न्याय दिएको छ। म अब खुलेआम रुपमा जनतामाझ आफ्ना कुरा राख्छु। म कानुनी राज्यको लागि लडेको व्यक्ति हो। म निर्दोष प्रमाणित हुन्छु भन्ने मलाई विश्वास छ।’

ललिता निवास प्रकरणको विषयमा आज (बुधबार) उनले पत्रकार सम्मेलन आयोजना गरेका थिए।

corrent noodles
Metro Mart

प्रकाशित: Sep 22, 2021| 14:47 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...