शुक्रबार, वैशाख १४, २०८१

प्रहरीसँगको झडपमा पक्राउ परेका ६ जनामा कोरोना पुष्टि

प्रशासनको निर्देशनविपरित रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप हुँदा पक्राउ परेकामध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं- प्रशासनको निर्देशनविपरित रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप हुँदा पक्राउ परेकामध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

triton college

गएको बिहीबार रथ तान्ने क्रममा भएको तनावपछि झडप हुँदा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो। उनीहरुमध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।

पक्राउ परेका सबैकाे स्वाब संकलन गरी पीसीआर परीक्षण भएकोमा ११ जनाको रिपोर्ट आउँदा ६ जनामा संक्रमण पुष्टि भएको उनले बताए। अरु ९ जनाको भने रिपोर्ट आउन बाँकी छ।

संक्रमण देखिएका र अरुलाई पनि अहिले आइसोलेसनमा राखिएको छ।

बिहीबार रथ तान्ने क्रममा विवाद हुँदा ठूलो संख्यामा मानिसहरु उपस्थित भएका थिए। त्यहाँ सहभागी भएका ६ जनामा संक्रमण पुष्टि भएपछि अरुमा पनि संक्रमण फैलिएको हुनसक्ने आशंका छ।

corrent noodles
Metro Mart

त्यही दिन सुरक्षामा खटिएका केही प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

ट्राफिक प्रहरीमाथिको कुटपिटमा संलग्न २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तीमध्ये तीन जनालाई आइतबार रिहा गरेको छ भने १७ जनालाई सार्वजनिक अपराधको अभियोगमा हिरासतमा राखिएको छ।

यसैबीच पक्राउ परेकाहरुको रिहाईको माग गर्दै स्थानीयले सोमबार ललितपुर जिल्ला प्रशासन कार्यालयबाहिर केहीबेर प्रर्दशन गरेका छन्।
कार्यालय घेराउन गर्न पुगेकाहरुलाई प्रहरीले तितरवितर पारेको छ।

प्रकाशित: Sep 07, 2020| 14:30 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।