शनिबार, वैशाख १५, २०८१

मोटरसाइकल जोगाउन खोज्दा झन्डै गयो आफ्नै ज्यान

प्रदर्शनले उग्ररुप लिएपछि दुवैजना भाग्नुपर्ने अवस्था आइलाग्यो। तर, उनीहरुले चढ्ने बा २ ब ७२४२ नम्बरको मोटरसाइकल सडक छेउमा थियो।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं– जारी निषेधाज्ञाका बीच बिहीबार ललितपुरको पुलचोकमा स्थानीयले रातो मछिन्द्रनाथको रथ तान्न थाले। त्यही क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भयो।

triton college

स्थिति तनावपूर्ण बनेपछि जाउलाखेल, पुल्चोक र मंगलबजारबाट आउने सवारीसाधनलाई डाइभर्ट गर्नुपर्ने देखियो।

नटोल छेउमा बसेर ट्राफिक प्रहरी सहायक निरीक्षक (असई) कृष्ण घलान र प्रहरी जवान कमल प्रसाद घिमिरे पुल्चोकबाट सवारीसाधनलाई आउन नदिएर डाइभर्ट गराउन तल्लिन थिए।

प्रदर्शनले उग्ररुप लिएपछि दुवैजना भाग्नुपर्ने अवस्था आइलाग्यो। तर, उनीहरुले चढ्ने बा २ ब ७२४२ नम्बरको मोटरसाइकल सडक छेउमा थियो। मोटरसाइकल लिएर भाग्न अगाडि बढ्दा प्रदर्शनकारीले दुवैमाथि आक्रमण सुरु गरे।

असई घलान दुई चार मुक्का खाए पनि भाग्न सफल भए भने घिमिरेमाथि प्रदर्शनकारीले निर्ममतापूर्वक आक्रमण गरे।

corrent noodles
Metro Mart

उनलाई मोटसाइलबाट थुतेर लछारपछार गर्दै मुक्का प्रहार भयो। कसैले लात्ताले त कसैले इँट्टा, ढुंगाले प्रहार गरिरहे। भुइँमा लड्दासमेत उनीमाथि आक्रमण गर्ने क्रम नरोकिएको भाइरल भएको भिडियोमा देखिन्छ।

‘म त कसो गरी भाग्न सफल भएँ तर, घिमिरेलाई घेरामा पारिहाले’ घलानले भने, ‘दुबै जना ठूलो दुर्घटनाबाट जोगियाैैं।’

महानगरीय ट्राफिक प्रहरी प्रभाग सातदोबाटोका इन्चार्ज प्रहरी निरीक्षक भोला अधिकारीले मोटरसाइकल जोगाउन खोज्दा घिमिरेले निर्घात कुटाई खाएको बताए।

हेलमेट टाउकोमै भएकाले घिमिरेको टाउकोमा गम्भीर चोट लाग्न पाएन। लगातार टाउकोमा इँट्टा र ढुंगा प्रहार भइरहँदा हेलमेट लगाएकैले उनको ज्यान जोगिएको अधिकारीले बताए।

घिमिरेको हात, गर्धन, पाखुरालगायत शरीरका विभिन्न भागमा चोट लागेको अधिकारीले जानकारी दिए। उनको अल्का अस्पतालमा उपचार भइरहेको छ। घिमिरे बिहानैदेखि पुल्चोकमा ट्राफिक व्यवस्थापनमा खटिएका थिए।

घिमिरेले प्रयोग गर्दै आएको मोबाइल हराएको छ भने आन्दोलनकारीले उनी चढेको मोटरसाइकल जलाएका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले ट्राफिक प्रहरी जवानमाथि आक्रमण गर्नेलाई कडा कारवाही गरिने बताए। ‘कुटपिटमा संलग्नहरुको पहिचान गर्ने काम भैरहेको छ,’ राईले भने, ‘आक्रमणकारीलाई पानीमुनी गए पनि छोडिन्न।’

प्रकाशित: Sep 03, 2020| 19:00 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।