बिहीबार, वैशाख २०, २०८१

प्रदेश २ मा दैनिक दुईवटा महिला हिंसाका घटना

जनकपुरधाम– सरकारले बहुविवाह, दाइजो प्रथा, महिलामाथिको दुर्व्यवहार आदिलाई आपराधिक क्रियाकलापको श्रेणीमा राखेको भए पनि यसमा नियन्त्रण हुन सकेको छैन। महिला हिंसामा घटना दैनिकजसो भइरहेकै छन्। बलात्कारका घटनामा पनि कुनै कमी आएको देखिँदैन ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

जनकपुरधाम– सरकारले बहुविवाह, दाइजो प्रथा, महिलामाथिको दुर्व्यवहार आदिलाई आपराधिक क्रियाकलापको श्रेणीमा राखेको भए पनि यसमा नियन्त्रण हुन सकेको छैन। महिला हिंसामा घटना दैनिकजसो भइरहेकै छन्। बलात्कारका घटनामा पनि कुनै कमी आएको देखिँदैन ।

triton college

कोरोना महामारीका कारण लकडाउन लगाइएपछि महिला हिंसाका घटना झनै बढेको पाइएको छ । लकडाउनको ५ महिनाको अवधिमा प्रदेश २ मा २२१ वटा महिला हिंसाका घटना भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । यो प्रदेशमा औसत दैनिक २ जना महिला हिंसाबाट पीडित भएको देखिन्छ।

प्रदेश २ मा सबैभन्दा बढी सिरहामा ४४ वटा महिला हिंसाका घटना भएको पाइएको छ । सबैभन्दा कम धनुषा र पर्सामा २३–२३ वटा घटना भएका छन् । सर्लाही र रौतहटमा २९–२९, महोत्तरीमा २५ र सप्तरी र बारामा २४–२४ वटा महिला हिंसाका घटना भएका छन् ।

प्रदेश २ मा भएका महिला हिंसाका घटनामा सबैभन्दा बढी बलात्कारका घटना छन्। लकडाउन तथा निषेधाज्ञाको अवधिमा प्रदेश २ मा १६४ वटा बलात्कारका घटना भएका छन् । प्रदेश २ मा दैनिक औसत एक महिला बलात्कृत हुँदै आएका छन् ।

सबैभन्दा बढी सिरहामा ३२ वटा बलात्कारका घटना भएका छन् । सप्तरीमा १९, धनुषामा १८, महोत्तरीमा २०, सर्लाहीमा २३, रौतहटमा १८, बारा र पर्सामा १७–१७ वटा बलात्कारका घटना भएका छन् ।

corrent noodles
Metro Mart

बलात्कारका घटना बढ्दै जाँदा यस्ता जघन्य अपराधलाई पैसा खर्चेर मिलाउने प्रयास भइरहेको समेत पाइएको छ । यसमा स्थानीय जनप्रतिनिधिदेखि नेता तथा प्रहरीसम्मको संलग्नता रहेको पाइन्छ।

केही साता अगाडिमात्रै महोत्तरीको कञ्चनवनमा बोल्न नसक्ने एक महिलालाई केही व्यक्तिहरु मिलेर बलात्कार गरेका थिए । पछि सो घटना बाहिरिएपछि दोषीलाई उन्मुक्ति दिनका लागि प्रहरी प्रशासन तथा जनप्रतिनिधि नै उद्वत रहेको पाइएको थियो ।

प्रदेश २ प्रहरी कार्यालयका प्रमुख धीरजप्रताप सिंहले भने यस्ता घटनामा संलग्न जो कोही भए पनि उन्मुक्ति नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले अधिकांश बलात्कारका घटनामा नजिकका व्यक्तिहरुकै संलग्नता रहेको पाइएकोले पनि घटना ढाकछोप गर्ने प्रवृत्ति बढेको बताए । प्रहरी प्रशासन यस्ता जघन्य अपराधलाई निर्मूल पार्नका लागि कटिवद्ध रहेको दावी उनले गरे ।

प्रकाशित: Sep 03, 2020| 12:36 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।