शनिबार, वैशाख १५, २०८१

बाढीपहिरोमा परेका ७१ जना अझै बेपत्ता

बाढीपहिरोमा परेका ७१ जनाको अवस्था अज्ञात छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं- मुलुकका विभिन्न स्थानमा बाढीपहिरोमा परेका ७१ जनाको अवस्था अज्ञात छ। बाढी पहिरामा परेर हराइरहेका उनीहरुको जीवितै उद्धार हुने सम्भावना न्यून रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। अधिकांश पहिरामा परेर बेपत्ता भएका छन्।

triton college

वैशाखयता विपद्जन्य घटनामा परेर ३१७ जनाको मृत्यु र ७१ जना बेपत्ता भएको प्राधिकरणको तथ्यांक छ। उक्त घटनामा ३८८ जना घाइते भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए।
कूल मृत्यु भएकामध्ये पहिरामा मात्रै २४५ जना परेका छन्। पहिरामा परेर ५१ जना बेपत्ता छन् भने १९० घाइते भए। बाढीबाट १७ को मृत्यु, २० बेपत्ता र सात घाइते भए।
चट्याङबाट ५५ को मृत्यु र १९१ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

मनसुन सुरु भएपछि गत जेठ ३० पछि भने २८२ को मृत्यु, ७० बेपत्ता र २६६ जना घाइते भएका छन्। त्यही बीचमा नै सबैभन्दा बढी पहिराका घटनाले बढी मानवीय क्षति पु¥याएको छ।
पहिरामा मात्रै जेठ ३० यता २४३ को मृत्यु भएको छ भने ५१ जना बेपत्ता छन्। सोही अवधिमा बाढीबाट १४ को मृत्यु भएको र १९ बेपत्ता भएको प्राधिकरणले जनाएको छ।

पछिल्लो २४ घण्टामा मुलुकमर १८ वटा विपद्जन्य घटना भएको छ। विभिन्न १० स्थानमा चट्याङ, तीन स्थानमा जनावरको आक्रमण, दुई स्थानमा पहिरो र एक स्थानमा बाढी आएको छ जसमा परेर दुईको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। रासस

प्रकाशित: Sep 02, 2020| 23:05 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।