शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यमन्त्री ढकाल भन्छन्- कोरोना परीक्षण रिपोर्ट अब २४ घण्टाभित्रमै आउँछ

स्वास्थ्यमन्त्री ढकाल भन्छन्- कोरोना परीक्षण रिपोर्ट अब २४ घण्टाभित्रमै आउँछ

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले २४ घण्टाभित्रमा रिपोर्ट आउने व्यवस्था मिलाउन लागिएको बताएका छन्।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले २४ घण्टाभित्रमा रिपोर्ट आउने व्यवस्था मिलाउन लागिएको बताएका छन्।

triton college

कोभिड-१९ रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउने विषयमा बुधबार पाँचवटा प्रदेशका सामाजिक विकासमन्त्रीसँग भर्चुअल बैठक गर्दै स्वास्थ्यमन्त्री ढकालले अब समय तोकेर नै नमुना परीक्षणको रिपोर्ट दिनुको विकल्प नरहेको बताए।

‘सरकारी प्रयोगशालाहरुले दैनिक १८ हजार पाँच सय जनाको नमुना परीक्षण गर्न सक्ने क्षमताको विकास गरिएको छ,’ उनले भने,‘ आइसोलेसन निर्माणका लागि मात्र सरकारले ३८ करोड बजेट प्रदेश सरकारमार्फत स्थानीय तहमा पठाएको छ।’

केन्द्रमा तीन सय बेडको सरुवा रोग अस्पताल र प्रत्येक प्रदेशमा ५० बेडको अस्पताल सञ्चालनका लागि गृहकार्य भइरहेको मन्त्री ढकालको भनाइ छ।

मन्त्री ढकालले तीनै तहका सरकारले मिलेर कोभिड १९ रोकथाम तथा नियन्त्रण थप प्रभावकारी बनाउनुपर्ने बताए।

corrent noodles
Metro Mart

जनस्वास्थ्यको मापदण्ड पालनाका निम्ति सचेतनाको काम प्रभावकारी बनाउनुपर्ने ढकालको जोड थियो।

कोभिड १९ को अहिलेसम्म कुनै खोपको विकास नभइसकेका कारण सावधानी अपनाउनुको विकल्प नभएकाले प्रदेश र स्थानीय सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।

मन्त्री ढकालले संघीय सरकारले आवश्यक सबै खालका सहयोग गर्न तयार रहेको भन्दै समस्या समाधानका लागि व्यावहारिक रुपमै प्रभावकारी काम हुनुपर्ने बताए।

कोभिड अवस्था रहेसम्म जोखिम भत्ता र बिमाको व्यवस्था जारी रहने उनले जानकारी दिए। प्राविधिकारण केही समस्या भएर कसैले जोखिम भत्ता नपाएको भए पनि कोभिड १९ को लडाइँमा काम गरेका मान्छेले भत्ताबाट विमुख हुन नपर्ने उनको भनाइ छ।

मन्त्री ढकालले हरेक १५ दिनमा सामाजिक विकासमन्त्रीसँग बैठक गर्ने जानकारी पनि दिए। प्रभावकारी समन्वय अभाव भइरहेका बेला स्वास्थ्यमन्त्रीले प्रदेशका सामाजिक विकासमन्त्रीसँग छलफल गरेका हुन्।

भर्चुअल बैठकमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदी, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावल, प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र बागमती प्रदेशको सामाजिक विकासमन्त्री युवराज दुलाल सहभागी थिए।

प्रदेश १ का सामाजिक विकासमन्त्रीमा कोरोना पोजेटिभ भएर आइसोलेसनमा छन्। प्रदेश २ का सामाजिक विकासमन्त्रीले समयको व्यवस्थापन गर्न नभ्याएर भर्चुअल बैठकमा सहभागी हुन सकेनन्। सा

माजिक विकासमन्त्रीहरुले कोभिड १९ व्यवस्थापनका लागि व्यापक काम भए पनि प्रभावकारी समन्वय अभाव देखिएको भन्दै कोही पनि अलमलमा नपर्ने गरी काम गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: Sep 02, 2020| 21:58 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।