बिहीबार, वैशाख २७, २०८१

‘तीन वर्षभित्र ६ हजार मेगावाट बिजुली’

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का उपाध्यक्ष आशिष गर्गले विद्युत् उत्पादन क्षमता आगामी तीन वर्षभित्र ६ हजार मेगावाट पुग्ने बताएका छन्। अहिले १३ सय ६० मेगावाट छ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का उपाध्यक्ष आशिष गर्गले विद्युत् उत्पादन क्षमता आगामी तीन वर्षभित्र ६ हजार मेगावाट पुग्ने बताएका छन्। अहिले १३ सय ६० मेगावाट छ।

triton college

उनले बिजुली बेच्न नसके १० खर्ब रुपैयाँ जोखिममा पर्ने बताए।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको सेजन अर्थनीति बहसअन्र्तगत आयोजित ऊर्जा व्यापारसम्बन्धी कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन्।

उत्पादन बढे पनि खपत नबढ्दा बिजुली खेर गएर १० खर्ब लगानी जोखिममा पर्ने र माग भने तत्काल बढ्न नसक्ने अवस्था रहेको उनको भनाइ छ।

उनले भने, ‘अहिलेको विद्युत् खपतको अवस्था र तत्काल धेरै विद्युत खपत गर्ने गरी औद्योगीकरण नहुने अवस्थाले अबको तीन बर्षमा विद्युत माग १७/१८ सय मेगावाटभन्दा बढी पुग्ने अवस्था छैन।’

corrent noodles
Metro Mart

उनका अनुसार चालु वर्षमा १ हजार, अर्को बर्ष २ हजार र तेस्रो वर्ष कम्तीमा एक हजार पाँच सय मेगावाट भन्दा बढी गरी तीन वर्षभित्र झण्डै ४५ सय मेगावाट बराबरको उत्पादन बढ्ने अवस्था छ। गर्गले भने, ‘बिजुली बेच्न नसके चार हजार मेगावाट खेर जान्छ।’

उनी विद्युत खेर जाँदा ऋण लगानी गर्ने बैक, स्वँपुजी लगानी गर्ने लगानीकर्ता र सेयर लगानी गर्ने सेयरकर्ताको पैसा डुब्ने बताउँदै सरकारले अग्रसरता देखाए अहिले पनि विद्युत व्यापारको अवस्था रहेको बताउँछन् ।

चीनसँग अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रकृया अघि बढे पनि त्यो निर्माण हुन पाँच बर्ष कम्तीमा लाग्ने तथा बनेपछि पनि पाँच सय किलोमिटरभन्दा बढीको प्रसारण लाइनमा बिजुली लैजानुपर्ने भएकाले विद्युत व्यापार कठिन रहेको उनको भनाइ छ।

उनले बंगलादेशमा बिक्री गर्न पनि २३ किलोमिटर भारतीय भूमि प्रयोग गर्नुपर्ने कारण भारत अहिलेका लागि नेपालको बिजुलीको मुख्य बजार रहेको बताए।
तीन लाख ७० हजार मेगावाट विद्युत उत्पादन क्षमता रहेको भारतमा ३४ प्रतिशत कोल अर्थात् कालो ऊर्जा छ।

२३ हजार मेगावाटको क्षमता रहेको बंगलादेशमा झन्डै शतप्रतिशत कालो ऊर्जा छ। नेपालले उत्पादन गर्ने शतप्रतिशत स्वच्छ ऊर्जा भारतलाई बेच्न सम्भावना उच्च रहेको उनको भनाइ छ ।

 

प्रकाशित: Sep 01, 2020| 16:14 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्