शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • अन्तःशुल्कको विवरण बुझाउन आन्तरिक राजस्व विभागको आग्रह

अन्तःशुल्कको विवरण बुझाउन आन्तरिक राजस्व विभागको आग्रह

काठमाडौं– आन्तरिक राजस्व विभागले अन्तःशुल्कको विवरण बुझाउन आग्रह गर्दै सूचना जारी गरेको छ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं– आन्तरिक राजस्व विभागले अन्तःशुल्कको विवरण बुझाउन आग्रह गर्दै सूचना जारी गरेको छ।

triton college

कार्यालयले अन्तःशुल्क बुझाउने दायित्व भएका करदाताहरुले त्यसको मासिक विवरण बुझाउनुपूर्व अनिवार्य रुपमा आफ्नो ब्रान्डको रजिष्टेसन गर्नुपर्ने व्यवस्था भएको हुँदा मदिरा र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योगलाई कर विवरण र ब्राण्ड भेरिफाइ गर्न आग्रह गरेको छ।

विभागले समयमा नै सर्वोच्चले दिएको आदेश बमोजिम कर विवरण बुझाउन पनि आग्रह गरेको छ । अदालतले लकडाउन खोलेको एक महिनापछि मात्र कर बुझाउनुपर्ने गरी आदेश दिएको थियो । अदालतको आदेश बमोजिम गत साउन ७ गते खोलिएको लकडाउनपछिको एक महिना भदौ ७ गते पूरा भएको छ ।

विभागका अनुसार अन्तःशुल्क तिर्नुपर्ने उत्पादकले अनलाईन मार्फत नै कर विवरण र ब्रान्डको फेरीफाइ गर्न सक्नेछन् । अनलाईन मार्फत आफ्नो उत्पादनको विवरण र भेरीफाइ गर्ने तरिका पनि विभागले आफ्नो सूचनामा उल्लेख गरेको छ ।

तर सुर्ति र मदिरा बाहेकको अन्य वस्तुको उत्पादकले अन्तःशुल्क विवरण भर्दाकै अवस्थामा तयारी वस्तुको विवरणसँगै एक पटकको लागि सम्बन्धित करदाता सेवा कार्यालयबाट ब्राण्ड भेरिफाइसमेत गर्नुपर्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

corrent noodles
Metro Mart

 

प्रकाशित: Sep 01, 2020| 15:36 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्