शनिबार, वैशाख १५, २०८१

'अझै कडा बनाएर निषेध आदेश थप्नुपर्ने देखिएको छ'

सचेतना निकै बढेको छ। यद्यपि, बाहिर हिँडडुल गर्न पाए हुन्थ्यो, साथीभाइसँग चिया–कफी खान पाए हुन्थ्यो, चोकमा बसेर गफिन पाए हुन्थ्यो भन्नेहरु पनि नभएका होइनन्।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लाले निषेध आदेश जारी गरेका छन्। ३ भदौमा जारी निषेध आदेश भोलि बुधबार सकिँदै छ। तीन जिल्लामध्ये भक्तपुरमा सबैभन्दा कम संक्रमित देखिएका छन्।

triton college

भक्तपुरमा कोरोना संक्रमणको अवस्था कस्तो छ, रोकथाम र नियन्त्रणका लागि कस्ता प्रयास भइरहेका छन् ? निषेध आदेश कहिलेसम्म लगाउने ? यी प्रश्न नेपाल समयका बीपी अनमोलले भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसँग गरेका छन्।

कोरोना नियन्त्रणका लागि भनेर उपत्यकामा निषेध आदेश लगाएको दुई साता पुग्दै छ। सोचेजस्तो प्रभावकारी भएको छ निषेध आदेश ?

संक्रामक रोग ऐन २०२० को दफा ६ को उपदफा ३ र स्थानीय प्रशासन ऐनका आधारमा उपत्यकाका तीनवटै जिल्लामा निषेध आदेश जारी गरिएको हो। अहिलेको संक्रमण समुदायस्तरसम्म नफैलियोस् भनेर यो आदेश जारी भएको हो।

मानिसको आवतजावतमा नियन्त्रण भए संक्रमणको दर फैलिँदैन भन्ने निष्कर्षका आधारमा निषेध आदेश गरिएको हो। दुई साताको अवस्था हेर्दा संक्रमणको फैलावट नियन्त्रणमा आएको पनि छ। हिँडडुल गर्न नपाउने, व्यापार–व्यवसाय लगायत क्रियाकलाप रोक्नेबित्तिकै संक्रमण कम देखिएको छ। सर्वसाधारणले पनि केही बुझेको अवस्था देखिएको छ।

corrent noodles
Metro Mart

क्तपुरमा कोरोना संक्रमणको अहिलेको अवस्था कस्तो छ ? निषेध आदेश सहज रुपमा कार्यान्वयन भइरहेको छ?

उपत्यकाको संक्रमण दरलाई हेर्दा भक्तपुरमा सबैभन्दा कम छ। नेपालको सबैभन्दा सानो जिल्ला भए पनि जनसंख्याका हिसाबले अत्यन्तै धेरै जनघनत्व भएको जिल्ला हो। हामीले समुदाय स्तरमा फैलन नदिन ध्यान दिएका छौं। सबैभन्दा बढी मध्यपुर थिमी नगरपालिकामा संक्रमित देखिएका छन्।

त्यहाँ स्वास्थ्य मन्त्रालयले पनि परीक्षण तीव्र पारेको छ। भक्तपुरका चारैवटा नगरपालिकाले आ–आफ्नो नगरभित्र स्वाब परीक्षणको कामलाई तीव्रता दिइरहेका छन्। सूर्यविनायक नगरपालिकाले मोबाइल गाडी नै सञ्चालन गरेर स्वाब संकलन गरिरहेको छ। एउटा जिल्ला मात्रै नभएर उपत्यकालाई नै समग्रमा हेर्नुपर्ने हुनाले हामीले आफ्नो तहबाट काम गरिरहेका छौं। मानिसहरु पनि संक्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सावधानी अपनाएका छन्।

खरिपाटीमा सुरुमै क्वारेन्टिन स्थापना गरिएकाले अहिले बढी सहज भएको छ कि ?

त्यतिखेर नेपालमा कोरोना भाइरसको प्रभाव देखिएको थिएन। तर पनि मानिसहरु निकै त्रसित थिए। स्थानीयको विरोधका बीच पनि हामीले सम्झाइ–बुझाइ गरेर खरिपाटीमा क्वारेन्टिन बनाएका थियौं। चीनको वुहानबाट उद्धार गरेर ल्याइएका मानिसलाई त्यहाँ राखियो। त्यहाँ अहिले २०८ बेडको आइसोलेसन बनाइएको छ। भक्तपुर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र, क्यान्सर अस्पतालको पहलमा त्यहाँ हामीले चिकित्सकको प्राविधिक टिमसहित खटाएका छौं।

प्रदेश सरकारको सहयोगमा खरिपाटी क्वारेन्टिन सञ्चालन गरेका छौं। भक्तपुरमा कुनै पनि बिरामी देखिए त्यहाँ लग्न सहज भएको छ। निजी अस्पतालले पनि अहिले कोभिडका बिरामी हेरिरहेका छन्। एम्बुलेन्स तयार गरिएका छन्। शव व्यवस्थापनका लागि स्वयम्सेवक टोली पनि छन्। १९१ बेडको एकीकृत क्वारेन्टिन बनाइएको छ।

संक्रमित बढेसँगै उपत्यकामा आइसोलेसन र क्वारेन्टिनको अभाव हुँदै गएको छ। भक्तपुरको तयारी के छ?

हामीले खरिपाटीबाहेक अर्को ठाउँमा करिब २ सय बेड तयारी अवस्थामा राखिसकेका छौं। कृषि विकास तालिम केन्द्र बोडेमा ७५ बेड, सीटीईभीटीको होस्टेलमा ७५ बेड बनाएका छौं। पछि थप ५० बेड थप्ने भनेका छौं। यो भनेको खरिपाटीजस्तै क्वारेन्टिनकै रुपमा रहेको तर व्यवस्थित तरिकाले तयार गरिएका बेड हुन।

हामी अझै ७ सय बेड बनाउने तयारीमा छौं। भक्तपुरमा रहेका सरकारी संरचनाहरुलाई क्वारेन्टिन बनाउने र पछि आवश्यक परेको बेला आइसोलेसनका रुपमा प्रयोग गर्न सक्ने हिसाबले काम भइरहेको छ। यहाँ रहेका शैक्षिक संस्थाका भवनसमेत प्रयोग गर्ने हिसाबले हामी काम गर्दैछौं। हामीले संक्रमित थपिन सक्ने अवस्थालाई ध्यानमा राखेर अझै केकति संख्यामा क्वारेन्टिन र आइसोलेसन बनाउन सकिन्छ भन्ने अध्ययन गरिरहेका छौं।

यी सबै रोकथाम र नियन्त्रणका लागि काम गर्दै जाँदा स्थानीय तहको भूमिका र उनीहरुको सहयोग कस्तो पाइएको छ?

यहाँका चारैवटा नगरपालिका निकै सक्रिय भएर लागेका छन्। भक्तपुरमा कुनै समस्या देखिएको छैन। नगरपालिका अत्यन्तै क्रियाशील छन्। जनप्रतिनिधिदेखि लिएर कर्मचारी सबै रातदिन नभनेर लाग्नुभएको छ। जिल्ला प्रशासन र सुरक्षा निकायसँग सहकार्य गरिरहनुभएको छ।

निषेध आदेशका बेला बिहान–बेलुका बजार क्षेत्रमा निकै चहलपहल हुन्छ। छोटो समय बजार खुल्दा भीडभाड देखियो। अत्यावश्यक सेवाका पसल दिनभर खोल्न दिँदा भीडभाड हुँदैनथ्यो कि?

जति सचेतना फैलाए पनि लखरलखर हिँड्नुपर्ने, बिनाकाम बाहिर निस्कनुपर्ने, घरभित्र बस्न नसक्ने स्वभाव हुँदो रहेछ मानिसको। अत्यावश्यक वस्तु किन्ने नाममा घरबाट बाहिर निस्कने प्रवृत्ति छ भक्तपुरमा पनि। यही रोक्नका लागि निश्चित समय तोकिएको हो। मानिसलाई असहज होस् भनेर समय तोकिएको होइन। बिहान सवा ९ बजेसम्म पर्याप्त समय हुन्छ। कतिपय अत्यावश्यक चाहिने सामान हिजोआज घरमै पनि डेलिभरी हुन्छ। यो समयमा पसलबाट सामान किनेर खानका लागि अप्ठ्यारो परेको छैन।

भक्तपुर क्षेत्रमा भने मानिसहरु बढी सचेत भएको अवस्था छ। उनीहरु स्वास्थ्यको मापदण्ड पूरा पालना गरेर नै सामान किन्नका लागि गएको देखिन्छ। मैले पनि अनुगमन गर्दै आएको छु। सचेतना निकै बढेको छ। यद्यपि, बाहिर हिँडडुल गर्न पाए हुन्थ्यो, साथीभाइसँग चिया–कफी खान पाए हुन्थ्यो, चोकमा बसेर गफिन पाए हुन्थ्यो भन्नेहरु पनि नभएका होइनन्।

निषेध आदेश उल्लंघन गर्नेलाई के कारबाही हुन्छ त?

कारबाही गरिरहेका छौं। अरु केही नभए पनि होल्डिङ सेन्टरमा ल्याएर २–३ घण्टा राख्ने गरेका छौं। सुरक्षाकर्मीलाई नै अवरोध गर्ने काम गरे जरिवाना गराउने र मुद्दा चलाउने काम हुन्छ। हामी कडा रुपमा प्रस्तुत भएकाले पनि मानिसहरु डराएको अवस्था छ। अलि डर पनि देखाउनु पर्ने रहेछ।

उपत्यका प्रवेश गर्ने नाकामा सुरक्षा निगरानी फितलो छ भन्ने गुनासो आएको छ नि?

कुनै पनि नाकाबाट भक्तपुर प्रवेशमा रोक लगाइएको छ। अत्यावश्यक सामान बोकेका गाडीमात्र नाकाबाट छिर्न पाउँछन्। पास लिएर मानिसहरु आउन पाउँदैनन्। बिरामी आउन पाउँछन्। मृत्यु संस्कार परेमा आउन सक्छन्। अन्य मानिस प्रवेश गर्न पाउँदैनन्।

काभ्रेबाट धेरै मानिसहरु उपत्यकामा बस्ने, व्यापार–व्यवसाय गर्ने हुनाले ती मानिसहरु सामान्य रुपमा साँगा नाकाबाट आवतजावत गरेको देखिए पनि अरु बाहिरी मानिसहरु भने अहिले पूर्ण रुपमा आउन नपाएको अवस्था छ। उपत्यका प्रवेश गर्नैपर्ने मानिसहरुको हकमा समेत उनीहरुको विस्तृत विवरण टिपेर, ज्वरो नापेर मात्रै छोड्ने गरेका छौं।

निषेध आदेशका कारण उद्योग, कलकारखाना र निर्माण कार्यमा काम गर्ने मजदुरको रोजगारी गुमेको छ। उनीहरुको व्यवस्थापन कसरी भइरहेको छ?

नियमित मजदुरी गरेर खानेहरु विचल्लीमा परेका छन् नै। उद्योग, कलकारखाना सुरु भइनसकेकाले त्यहाँ कार्यरत धेरैजसो मजदुर घर गएका छन्। तर, विकास–निर्माणको काम गर्ने मजदुरचाहिँ काम नपाउदा बेरोजगार हुने हुनाले हामीले यस्ता व्यक्तिहरुलाई स्थानीय तह र काम लगाउने मानिसले नै सम्बोधन गर्नुपर्छ भनेका छौं। सम्बन्धित नगरपालिका र मालिकले नै निषेध आदेश जारी भएको बेला उनीहरुको व्यवस्थापन गर्नुपर्छ। कोही राहत पाएनौं आपतमा परेका छौं भन्दै आएकालाई हामीले सहजीकरण गर्छौं।

दोस्रो चरणमा जारी गरिएको निषेध आदेश पनि सकिँदै छ। फेरि निरन्तरता हुन्छ कि हुँदैन?

अहिलेसम्मको उपत्यकामा बढिरहेको संक्रमण दरलाई हेर्दा निषेध आदेशलाई अझ अर्को एक पटक अझै कडाइ गरेर जानुपर्ने देखिएको छ। यसको हामी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर समीक्षा गर्छौं, त्यसपछि के गर्ने भनेर निर्णयमा पुग्छौं। मानिसहरुको हिँडडुल र गतिविधि संक्रमण बढाउन सक्ने सम्भावनालाई हेरेर सोअनुसार फेरि अर्को आदेश जारी गर्छाै‌।

काठमाडाैंका सीडीओ भन्छन्-

प्रकाशित: Sep 01, 2020| 08:05 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...