शुक्रबार, वैशाख १४, २०८१

आजको मन्त्रिपरिषद्ले गरेका निर्णयहरु के-के हुन्?

कर्णाली कोरिडोर सल्ले–सल्ला–सिमिकोट खण्डको दुल्लीकुनादेखि लालीबगरसम्मको १३ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का नेपाली सेनालाई दिने सरकारले निर्णय गरेको छ।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं- सरकारले तत्कालनी सरकारले राजनीतिक रुपमा नियुक्त गरेका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ओली सरकारले राजनीतिक रुपमा गरेका नियुक्त गरेका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

triton college

जसमा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा, बेलायतका लागि राजदूत लोकदर्शन रेग्‍मीलगायतलाई फिर्ता बोलाइने भएको छ। 

त्यस्तै, मन्त्रिपरिषद् बैठकले कर्णाली करिडोर अन्तर्गत सल्लीसल्ला– सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ किलोमिटर र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३. ५ किलोमिटर सडकखण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता कार्कीले बताए।

यसको साथै  कोभिड–१९ संकट व्यवस्था गर्न अध्यादेशको ६० दिन पुगिसकेका कारण त्यो पारित हुन नसकेपछि तत्कालका कोभिड-१९ नियन्त्रणका लागि प्रधानमन्त्रीको नेतृत्वमा निर्देशक समिति गठन गर्ने निर्णय भएको छ। उक्त समितिमा स्वास्थ्यमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, उद्योगमन्त्री, मुख्यसचिव र प्रधान सेनापति सदस्य रहनेछन्।

त्यसैगरि औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक संय संसद्मा पेस गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । त्यसैगरि संयुक्त राष्ट्र संको ७६औँ महासभामा भाग लिन जाने प्रतिनिधि मण्डल गठन गर्ने पनि सरकारले निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

corrent noodles
Metro Mart

त्यसैगरि मंगलबारको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय गरेको छ। 

प्रकाशित: Sep 21, 2021| 18:53 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...