बिहिबार, कात्तिक १३, २०७७

Happy Dashain
समाचार

उपत्यकामा झन्डै साढे १७ सय संक्रमित थपिए

1602931271.jpg

काठमाडौं– काठमाडौं उपत्यकामा आज शनिबार १७ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १४ सय ५१, भक्तपुरका १४३ र ललितपुरका १५२ जनामा संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घण्टामा देशभर १५ हजार ४३८ जनाको पीसीआर परीक्षण भएकोमा ३१ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी १८ सय जना संक्रमणमुक्त भएका छन्। 

देशभर अहिले सक्रिय संक्रमित ३८ हजार ७३७ जना छन्। तीमध्ये विभिन्न अस्पतालका आईसीयूमा २९० जना र भेन्टिलेटरमा ६६ छन्। 

प्रतिक्रिया दिनुहोस्