शुक्रबार, वैशाख १४, २०८१

जचुकालि बन्दसँगै खेल क्षेत्रमा जनकपुरधामले गुमाएको साख

‘साहित्यमा अभिरुचि राख्नुका साथै खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने भएकाले जचुकालिले मलाई जागिर दिएको थियो। बिस्तारै ब्याटिङमा समेत सुधार ल्याएपछि अलराउन्ड प्रदर्शन गरेर कैयौंपटक टिमलाई राष्ट्रिय स्तरमा पदक जिताउन सफल भएँ।’  
 |  आइतबार, साउन १७, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

आइतबार, साउन १७, २०७८

triton college

जनकपुरधाम– कुनै समय नेपालमा हुने अधिकांश खेल प्रतियोगितामा जनकपुरधामलाई प्रतिनिधित्व गर्ने खेलाडीले सफलताको झन्डा फहराउँथे। २०५० सालअघि खेल क्षेत्रमा जनकपुरधाम अब्बल थियो। अधिकांश खेलमा जनकपुरधामका खेलाडी अग्रपंक्तिमा आउँथे। 

२०२१ सालमा स्थापित जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि)ले युवा जनशक्तिलाई मात्र होइन कलासाहित्य तथा खेलमा रुचि राख्ने व्यक्तिहरुलाई पनि जागिर दिन्थ्यो। ‘जचुकालिले जागिर दिने भएपछि यहाँका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्थे’, पूर्वक्रिकेटर सञ्जय ठाकुर भन्छन्। खेलाडीहरु आफ्नो खेलको स्तर बढाउन दिनरात मेहनत गर्थे।

क्रिकेट, फुटबल, भलिबल, कुस्ती, कबड्डी लगायतका खेलाडीले जागिर पाउँथे। ठाकुर भन्छन्, ‘२०४६ सालसम्म जचुकालि र जनकपुरधामको खेल क्षेत्र दुवैको भविष्य उज्वल थियो। बहुदलीय व्यवस्था आएसँगै जचुकालि र खेलाडीको भविष्य अन्धकारतर्फ धकेलियो।’

२०४६ सालपछि कारखाना सञ्चालनमा राजनीतिक हस्तक्षेप बढ्यो। सरकार परिवर्तन भए लगत्तै कारखानाका महाप्रबन्धक तथा सञ्चालक समितिका अध्यक्ष परिवर्तन गर्ने सरकारी नीतिले कारखाना धराशयी हुन थाल्यो। कुनै बेला चार हजारभन्दा बढी कर्मचारीलाई जागिर दिने क्षमता राखेको जचुकालि कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा पुग्यो। ऋण काढेर पनि जचुकालि सञ्चालनमा ल्याउने थुप्रै प्रयास नभएका होइनन्। वर्षैपिच्छे हुने सरकार परिवर्तनका कारण जचुकालि सञ्चालनमा आउन सकेन। कारखाना बन्द भएको लामो समय बितिसक्दा पनि कर्मचारीले उपदान र बिमाबापतको रकम नपाएको पूर्वकर्मचारी सुरेश झा बताउँछन्।  अहिले जचुकालि बोर्डमा सीमित छ। कारखानाका भवनमा प्रदेश सरकारका मन्त्रालय र आवास बनाइएको छ।

corrent noodles
Metro Mart

सरकारी उदासीनताकै कारण खेल छोडे अशोकले

जनकपुरधामको खेल जगत्लाई चम्काउनेमध्येका एक हुन् साहित्यकार एवं पत्रकार अशोक दत्त। उनी कुनै समय अब्बल क्रिकेटरका रुपमा चिनिन्थे। धारिलो बलिङ गर्न खप्पिस दत्तलाई जचुकालिले जागिर दिएको थियो। उनी स्मरण गर्छन्, ‘साहित्यमा अभिरुचि राख्नुका साथै खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने भएकाले जचुकालिले मलाई जागिर दिएको थियो।’ सुरुमा बलरका रुपमा जनकपुर अञ्चलको टिममा स्थान पाएका थिए उनले।  दत्त भन्छन् ‘बिस्तारै ब्याटिङमा समेत सुधार ल्याएपछि अलराउन्ड प्रदर्शन गरेर कैयौंपटक टिमलाई राष्ट्रिय स्तरमा पदक जिताउन सफल भएँ।’  

बहुदलीय प्रजातन्त्र आएपछि जचुकालिमा खिचातानी सुरु भयो। खेलाडीसँगको सम्झौता तोड्न थालियो। दत्त सम्झन्छन्, ‘वर्ष २०५० को कुरा हो, राजविराजमा देशभरको टिम सहभागी थिए। म पनि जनकपुर अञ्चल टिमबाट सहभागी थिएँ। टिमले उपाधि हासिल गर्न सफल पनि भयो।’ प्रतियोगिता जितेपछि आफूले क्रिकेटको बल, ब्याट र अन्य सामग्री जुनियर खेलाडीलाई हस्तान्तरण गरे। 

दत्तले भने, ‘सरकारी उदासीनता र खेलमा भविष्य सुरक्षित नदेखेर नचाहँदानचाहँदै पनि क्रिकेट छोड्न बाध्य भएँ।’ त्यसपछि साहित्य लेखनमा लागेका उनी अहिले एउटा एफएममा कार्यरत छन्।

खाजा पसल चलाउन बाध्य पूर्व फुटबलर

जनकपुरधाम उपमहानगरपालिका–७ का दिनेश सिंह जनकपुर क्षेत्रमा फुटबलका चर्चित खेलाडी थिए। खेल प्रतिभाकै कारण दिनेशलाई जनकपुर चुरोट कारखानामा जागिर दिइएको थियो। दिनेश भन्छन् ‘जचुकालिमा ११ वर्षजति काम गरें। कारखाना कमजोर बनेपछि हामीलाई हटाइयो। त्यसपछि हाम्रा लागि जीवन जिउन गाह्रो भएको छ।’ उनी अहिले खाजा पसल खोलेर जीवन निर्वाह गरिरहेका छन्।

खाजा पसलमा काम गर्दै पूर्व फुटबलर दिनेश सिंह।

६३ वर्षीय दिनेश युवालाई प्रशिक्षण दिएर राष्ट्रिय स्तरको खेलाडी बनाउन चाहन्छन्। तर  खाजा पसल छाडेमा हातमुख जोर्न समस्या हुने उनी बताउँछन्। जनकपुर चुरोट कारखानाको आफ्नै फुटबल टिम थियो। टिममा दिनेशका अतिरिक्त अभयकान्त झा, वीरेन्द्र लामा, राजु थापा, ठक्कन साह लगायतका खेलाडी थिए।

दिनेश भन्छन्, ‘जचुकालिसँग नेपालका कुनै पनि फुटबल टिम भिड्न डराउँथे। कतिले त जचुकालिको टिमलाई राष्ट्रिय टिमसम्म भन्ने गर्थे।’ त्यसो त यही टिमका कैयौं खेलाडी नेपालको प्रतिनिधित्व गर्दै विदेश जान्थे। 

दिनेश भने विदेश जान नसके पनि नेपालका अधिकांश ठाउँमा भएका प्रतियोगितामा सहभागी हुने गरेको बताउँछन्। उनले भने ‘म कहिले पोखरा, कहिले धनगढी, कहिले विराटनगर, कहिले काठमाडौं भएका अधिकांश प्रतियोगितामा सहभागी भएको छु।’ अतीत राम्रो भए पनि वर्तमान एकदमै कष्टकर रहेको गुनासो दिनेशको छ। 

राम युवा कमिटीका पूर्वउपाध्यक्ष परमेश्वर साहलाई दिनेशको खेल अझै स्मरणमा छ। उनी भन्छन्, ‘दिनेश सेन्टरमा गज्जबको खेल खेल्थे, सेन्टरमा उनको कोही जोेडी नै थिएन।’ वेट लिफ्टिङका पूर्व राष्ट्रिय खेलाडी अमरचन्द्र अनिल खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले कुनै योजना नल्याउनु दुःखद रहेको बताउँछन्।


प्रकाशित: Aug 01, 2021| 07:05 आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।