शुक्रबार, वैशाख १४, २०८१

सुदूरपश्चिममा ३६ जना कोरोना संक्रमित थपिए

सुदूरपश्चिममा आज बिहीबार थप ३६ जना कारोना संक्रमित थपिएका छन्।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

धनगढी- सुदूरपश्चिममा आज बिहीबार थप ३६ जना कारोना संक्रमित थपिएका छन्।

triton college

पछिल्लो २४ घण्टामा प्रदेशको तीन वटा प्रयोगशालामा नौ सय २१ जनाको परीक्षणमा प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको हो।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बैतडीका १७, कैलालीका १२, डोटीका ६ र बझाङका एक जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा चार सय ९२ जनाको परीक्षणमा कैलालीका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिकाका नौ र धनगढीका तीन जनामा संक्रमण देखिएको हो । धनगढी उप–महानगरपालिकाका पाँच वर्षीया बालिका सहित २९ वर्षीया महिला र ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।

corrent noodles
Metro Mart

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार पाँच सय ४६ पुगेको छ । संक्रमण पुष्टि भएका मध्ये चार हजार सात सय ७५ ले कोरोना जितेर घर फर्किएको बताइएको छ । प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएका ११ जनाको ज्यान गैसकेको छ ।

प्रकाशित: Aug 27, 2020| 16:14 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।