शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोकका बाढीपहिरोबाट विस्थापितलाई तत्काल स्थानान्तरण गरिने

सिन्धुपाल्चोकका बाढीपहिरोबाट विस्थापितलाई तत्काल स्थानान्तरण गरिने

सिन्धुपाल्चोकका बाढीपहिरोबाट विस्थापितलाई सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी भएको छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं– सिन्धुपाल्चोकका बाढीपहिरोबाट विस्थापितलाई सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी भएको छ।

triton college

सभामुख अग्निप्रसाद सापकोटाको पहलमा मंगलबार सिंहदरबारमा भएको उच्चस्तरीय छलफलमा जोखिमयुक्त बस्तीको प्राविधिक अध्ययन तथा पुनःसर्वेक्षण गर्ने, पहिरोबाट बेपत्ता भएकाको खोजी जारी राख्दै थप राहत सामग्री उपलब्ध गराउने समझदारी भएको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त बस्तीको अध्ययनका लागि प्राविधिक टोली सिन्धुपाल्चोक पठाउनेछ भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तत्कालीन राहतको व्यवस्था गर्नेछ।

यस्तै जोखिमयुक्त बस्तीबाट स्थानान्तरण गरिने परिवारका लागि स्थानीय तहले सुरक्षित जग्गा व्यवस्थापको काम गर्नेछ।

छलफलमा जुरे पहिरो पीडितका लागि सवसाधारणबाट संकलन भई राज्यकोषमा रहेको रकम यथाशीघ्र निकासा गर्ने, सिन्धुपाल्चोकमा विस्थापितको स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने र अरनिको राजमार्ग तत्काल सञ्चालनमा ल्याउने निक्र्योल गरिएको छ।

corrent noodles
Metro Mart

छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री, वसन्तकुमार नेम्बाङ, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद शेरबहादुर तामाङ सहभागी थिए।

त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री अरुण नेपाल, बागमती प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङ उपस्थित थिए।

छलफलमा नेकपाका सिन्धुपाल्चोक सहइन्चार्ज माधव सापकोटा, बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पा, जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको पनि उपस्थिति रहेको थियो।

सिन्धुपाल्चोक जिल्लामा २०७७ साल असार र साउनमा मात्र बाढीपहिरोका कारण ५४ जनाको मृत्यु भएको छ भने २६ बेपत्ता छन।
त्यसैगरी एक सय पाँच घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्।

प्रकाशित: Aug 25, 2020| 14:31 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।