बिहीबार, वैशाख २०, २०८१

पिसीआरको रिपोर्ट आउनै एक साता

कोरोना सङ्क्रमित बढ्दै गएपछि प्रयोगशालामा चाप बढ्दा नतिजा आउन ढिलाइ हुन थालेको छ । नमुना परीक्षणका लागि दिएकाले नतिजाका लागि एक सातासम्म कुर्नु परेको गुनासो गरेका छन् ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

चितवन- कोरोना सङ्क्रमित बढ्दै गएपछि प्रयोगशालामा चाप बढ्दा नतिजा आउन ढिलाइ हुन थालेको छ । नमुना परीक्षणका लागि दिएकाले नतिजाका लागि एक सातासम्म कुर्नु परेको गुनासो गरेका छन् ।

triton college

पूर्वी चितवनको खैरहनीका पत्रकार ध्रुवराज खनालले पिसीआरको नतिजा आउनका लागि एक साता बढी कुनुपर्ने भएकाले त्यहाँका चार नगरपालिकाले प्रयोगशाला स्थापना गनुपर्ने माग वढेको बताए। रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार समयमा नतिजा नपाएपछि समस्या हुने गरेको छ।

उनले चार नगरप्रमुखहरुको बैठकले वागमती प्रदेश सरकारसँग प्रयोगशाला स्थापनाका लागि अनुरोध गरिएको बताए। भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदी स्वाबको नतिजा पाउन एक साता कुर्नु परेको बताउँछन्। उनले भने “सोमबार नमूना पठाएको नतिजा हिजो प्राप्त गरेका छौ।” महानगरका ३ सय स्वाबको नतिजा आउन अझै बाँकी छ ।

समयमा नतिजा नआउँदा घरमा थुनिएर बस्नु परेको स्थानीयको गुनासो छ । जिल्लामा एउटा मात्र सरकारी प्रयोगशाला छ । भरतपुर अस्पतालले संञ्चालन गरेको भरतपुर कोभिड १९ प्रयोगशालाको क्षमता कम छ भने नमूना सङ्कलनको चाप बढेको छ । प्रयोगशाला प्रमुख डा. नीतु अधिकारी प्रयोगशालाले सात घण्टामा ९६ वटा मात्र नमूना परीक्षण गर्न सक्ने बताउँछिन् । नमूनालाई मिसाएर गरिने पुल म्याथडबाट २४ घण्टामा ६ सय सम्म नतिजा निकाल्ने गरेको उनले बताइन्।

पाँचवटा सम्म नमूनालाई मिसाएर परिक्षण गरिने गरेको छ । सबै नमूनालाई मिसाउन नमिल्ने भएकाले चाप अनुसारको नमूना परीक्षण गर्न कठिन भएको अधिकारीको भनाइ छ । प्रयोगशालामा हाल आठ जना प्राविधिक कर्मचारीले काम गरिरहेका छन् । उनले भनिन्, “रात दिन काम गरिरहेको भएपनि समयमा नतिजा दिन सकेका छैनौ ।” हाल प्रयोगशालामा ९ सय भन्दा बढी नमूना परीक्षणका लागि पालोमा राखिएको छ ।

corrent noodles
Metro Mart

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजरराज अधिकारी अस्पतालहरुमा सङ्क्रमण फैलँदा बन्द भएका सेवा सञ्चालनका लागि चिकित्सक, स्वास्थ्यकर्मीको नमूना परीक्षण प्राथमिकतामा राखिएकै कारण क्वारेन्टिनमा वसेकाहरुको नतिजा आउन ढिला भएको बताउँछन्।

उनले भने “चिकित्सक, स्वास्थ्यकर्मीको परिक्षण गरेर जति सक्दो छिटो अस्पताल खोल्नुपर्ने बाध्यताका कारण क्वारेन्टिनका नमूनाको नतिजा आउन ढिलाई भएको हो ।” जिल्लामा निजी क्षेत्रबाट चितवन मेडिकल कलेजले प्रयोगशाला संञ्चालनमा ल्याएको छ । सो प्रयोगशालामा ६ घण्टामा ४ सय जनाको परीक्षण गर्न मिल्छ ।

सरकारी तवरबाट सङ्कलन भएका नमूना पठाएमा आफूहरु परीक्षणका लागि तयार रहेको अस्पतालका अध्यक्ष एबं प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले बताए। उनका अनुसार मेडिकल कलेजको प्रयोगशालामा प्रत्यक्ष रकम तिरेर परीक्षण गर्न आउनेहरु दैनिक २ सय हाराहारी छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी प्रमुख डा रुना झा सामान्यतया ७२ घण्टा भित्र नतिजा दिने गरी काम गर्नुपर्ने बताउँछिन् । त्यहाँ बढी चाप भएमा नमूना यहाँ पठाउन आफूले भनिसकेको उनले बताइन्। सरकारी प्रयोगशाला जहाँ कम चाप छ त्यही पठाएर व्यवस्थापन गर्न सकिने उनको भनाइ छ । निजी प्रयोगशालामा भने हालसम्म नपठाइएको उनले बताइन्।

यहाँको सरकारी प्रयोगशालामा जिल्लाका सात स्थानीय तह, सरकारी र निजी अस्पताल, मेडिकल कलेजसँंगै छिमेकी जिल्लाबाट समेत नमूना पठाईने गरेको छ । चैत अन्तिम साता शुरु भएको सो प्रयोगशालाले हाल सम्म १८ हजार नमूना परीक्षण गरीसकेको छ ।

जिल्लामा पछिल्ला दिनहरुमा सङ्क्रमण वढ्दो छ । हालसम्म ३६८ जना सङ्क्रमित भईसकेका छन् भने तीन जनाको मृत्यु भएको छ । अस्पतालमा सङ्क्रमण फैलिएपछि आकस्मिक वाहेकका सेवा वन्द भएका भरतपुर अस्पताल र वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल हाल सञ्चालनमा आएका छन् ।

 

प्रकाशित: Aug 25, 2020| 05:46 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।