शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • छोराका दुवै खुट्टा भाँचिएपछि उपचारका लागि सहयोग माग्दै कर्णबहादुर

छोराका दुवै खुट्टा भाँचिएपछि उपचारका लागि सहयोग माग्दै कर्णबहादुर

खेतीकिसानी गरेर जीविकोपार्जन गरिरहेका कर्णबहादुर छोराको जीवन बचाइदिन सहयोगी हातको पर्खाइमा छन्।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

भैरहवा– १३ वर्षे छोरा जीवनको उपचारका लागि प्युठानका कर्णबहादुर पुन अहिले भैरहवामा छन्। छोराका दुवै खुट्टा भाँच्चिएपछि कर्णबहादुर कोरोनाको जोखिमलाई बेवास्ता गर्दै प्युठानको फोप्लीदेखि भैरहवा आइपुगेका हुन्।

triton college

जसोतसो भैरहवा त झरे, तर उनीसँग छोराको उपचारको लागि पैसा छैन। अपरेसन खर्च जुटाउन नसकेपछि उनी आँखाभरि आँसु लिएर सहयोगको याचना गर्दै हिँडिरहेका छन् ।

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पालतमा उपचारत छोरा जीवनको जीवन बचाउने प्रयासमा लागेका उनले भने, ‘साउन ३० गते छोरालाई लिएर आएको हुँ । डाक्टरले चार लाख जति पैसा लाग्छ भनेका छन्। आफूसँग पैसा छैन। घरमा बेच्ने पनि केही छैन । जग्गा जमिन घरबारी सानो टुक्रो छ । सबै बेच्दा पनि चार लाख आउँदैन । ४० हजार लिएर आएको थिएँ, सबै सकियो । अहिले उधारो उपचार भइरहेको छ । अपरेसनको लागि धेरै पैसा लाग्ने भयो, कसरी जुटाउने होला ?’

खेतीकिसानी गरेर जीविकोपार्जन गरिरहेका कर्णबहादुर छोराको जीवन बचाइदिन सहयोगी हातको पर्खाइमा छन्। प्युठानको नौबहिनी गाउँपालिका–८ फोप्ली गैराथोक घर भएका कर्णबहादुरका छोरा र १० वर्षकी छोरी छन् ।

स्थानीय नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ७ मा पढ्दै गरेका जीवन आफ्ना बाबुसँगै साउन ३० गते बिहान बहाने बजार जाँदै थिए । टिम्ले खोलाको लम्पुक भीरमा हिँड्दै गर्दा माथिबाट खसेको ढुंगाले च्याप्दा जीवनको दुवै खुट्टा भाँच्चिएको हो ।

corrent noodles
Metro Mart

सुरुमा आईसियुमा राखेर उपचार गरिएको जीवनको स्वास्थ्यमा सामान्य सुधार भएपछि हाल वार्डमा राखेर उपचार भइरहेको युसिएमएस भैरहवाका प्रशासन प्रमुख तेजकुमार केसीले बताए। उनका अनुसार अस्पतालले जीवनको उपचारमा सक्दो सहयोग गरिरहेको छ ।

जीवनको उपचारमा डा. प्रकृतिराज कँडेल, डा. किशोरमान श्रेष्ठसहितको टोली संलग्न छ । चिकित्सकहरुका अनुसार ढुंगाले थिच्दा उनको खुट्टाको हड्डी सबै भाँचिएको छ । खुट्टाको हड्डी धेरै ठाउँमा भाँचिएकोले अपरेसन पनि गम्भीर हुन्छ । अस्पताल प्रशासनका अनुसार उनको उपचारको लागि करिब चार लाखको हाराहारीमा खर्च आउने देखिन्छ ।

जीवनको बुबा र उनको हेरचाहको लागि आएका अर्का एकजना आफन्तलाई यतिबेला पश्चिमेली सरु होटलले सहयोग गरिरहेको छ । होटलका सञ्चालक लिलाधर भट्टराईले भने, ‘मैले उहाँको आर्थिक अवस्था नाजुक रहेको बुझेपछि सकेको सहयोग गरिरहेको छु।’ बिरामीको उपचारमा आर्थिक समस्या देखिएपछि अस्पतालमा कार्यरत नर्सहरुले पनि रकम उठाएर सहयोग गरेका छन्।

 

प्रकाशित: Aug 24, 2020| 17:10 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।