बिहीबार, वैशाख १३, २०८१

५२ जिल्लामा थपिए संक्रमित, कहाँ कति?

पछिल्लो २४ घण्टामा ५२ जिल्लामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा ५२ जिल्लामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।

triton college

सबैभन्दा बढी काठमाडौंमा १७७ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २५ जिल्लामा भने आज कोरोना भाइरस संक्रमण भएको छैन।

सोमबार धनकुटामा दुई, इलाममा एक, झापामा पाँच र खोटाङमा चार जनामा संक्रमित थपिएका छन्। यस्तै मोरङमा ३१, ओखलढुंगामा तीन, संखुवासभामा दुई, सुनसरीमा २३ र उदयपुरमा एक जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सप्तरीमा १५, सिरहामा १०, धनुषामा पाँच र सर्लाहीमा आठजना संक्रमित थपिएका छन्।

बारामा ९४ जना संक्रमित थपिएका छन् भने पर्सामा ३४ जना थपिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा बताए।

corrent noodles
Metro Mart

उनका अनुसार रौतहटमा पाँच, रामेछापमा दुई, दोलखामा एक र भक्तपुरमा १४ जना संक्रमित थपिएका छन्।

धादिङमा थप दुई जनामा संक्रमण भएको छ भने काठमाडौंमा सोमबार सबैभन्दा बढी १७७ जना संक्रमित देखिएका छन्। ललितपुरमा थप ३३ जना, काभ्रेमा पाँच जना र सिन्धुपाल्चोकमा पनि पाँच जनामा संक्रमण भएको छ।

चितवनमा ३२, मकवानपुरमा १८, बाग्लुङमा दुई र गोरखामा एक जना संक्रमित थपिएका छन्। कास्कीमा दुई, म्याग्दीमा एक र पूर्वी नवलपरासीमा थप पाँच जनामा संक्रमण भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

यस्तै स्याङ्जामा एक, तनहुँमा तीन, कपिलवस्तुमा नौ, पश्चिम नवलपरासीमा पाँच र रुपन्देहीमा ६ जना संक्रमित थपिएका छन्। अर्घाखाँचीमा एक, गुल्मीमा चार, पाल्पामा दुई र रोल्पामा थप दुई जनामा संक्रमण भएको छ।

यस्तै बाँकेमा पछिल्लो २४ घण्टामा थप आठ जना, बर्दियामा एक जना र पश्चिम रुकुममा १८ जनामा संक्रमण भएको छ।

मन्त्रालयका अनुसार कालिकोटमा तीनजा, सुर्खेतमा ११ जना, जाजरकोटमा १९ जना, कैलालीमा ७९ जना संक्रमित थपिएका छन्।

बाजुरामा एक जना, कञ्चनपुरमा १९ जना, डडेल्धुरमा चार जना, बैतडीमा तीन जना र दार्चुलामा एक जना संक्रमित थपिएका छन्।

यसरी पछिल्लो २४ घण्टामा देशभर ७४३ जनामा कोरोना भाइरस संक्रमण भएको छ। संक्रमित हुनेमा २४६ महिला र ४९७ पुरुष छन्।

सोमबार भोजपुर, पाँचथर, सोलुखुम्बु, ताप्लेजुङ र तेह्रथुममा संक्रमित थपिएका छैनन्। यस्तै महोत्तरी, सिन्धुली, नुवाकोट, रसुवा, लमजुङ र मनाङमा पनि संक्रमण नथपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

मन्त्रालयका अनुसार मुस्ताङ, पर्वत, दाङ, प्यूठान, पूर्वी रुकुम, सल्यान र डोल्पामा पनि आज संक्रमित थपिएका छैनन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमित नथपिएका अन्य जिल्लामा हुम्ला, जुम्ला, मुगु, दैलेख, अछाम, डोटी र बझाङ छन्।

सोमबार सात जिल्लामा ५०० भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित छन्।

काठमाडौं, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र बारामा सक्रिय संक्रमितको संख्या सबैभन्दा बढी छ।

त्यस्तै आज दुई जिल्लामा कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ। मन्त्रालयका अनुसार हुम्ला र मुस्ताङमा सक्रिय संक्रमित छैनन्।

प्रकाशित: Aug 24, 2020| 16:39 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।