शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • अष्ट्रेलियन टिम टी–२० र एक दिवसीय शृंखला खेल्न इंग्ल्यान्ड प्रस्थान

अष्ट्रेलियन टिम टी–२० र एक दिवसीय शृंखला खेल्न इंग्ल्यान्ड प्रस्थान

तीन शृंखलाको टी–२० र एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न २१ खेलाडीसहितको अष्ट्रेलियन क्रिकेट टिम इंग्ल्यान्ड प्रस्थान गरेको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

पर्थ– तीन शृंखलाको टी–२० र एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न २१ खेलाडीसहितको अष्ट्रेलियन क्रिकेट टिम इंग्ल्यान्ड प्रस्थान गरेको छ।

triton college

सेप्टेम्बर ४ बाट हुने प्रतियोगिताका लागि उनीहरु पर्थबाट चार्टर्ड फ्लाइटमा इंग्ल्यान्ड प्रस्थान गरेका हुन्।

अष्ट्रेलिया क्रिकेटले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, ‘राष्ट्रिय क्रिकेट टोली सामाजिक दूरीका साथ इंग्ल्यान्ड प्रस्थान गरेको छ। खेलाडीले सुरक्षित यात्रा गर्दैछन्।’

अष्ट्रेलियन क्रिकेट खेलाडी मार्चपछि पहिलोपटक भेट भएर प्रतियोगिताको लागि प्रस्थान गरेका हुन्। उनीहरु भोलि (अगस्ट २४)मा इंग्ल्यान्ड पुग्नेछन्। साथै इंग्ल्यान्डको डर्बीमा रहेको कन्टी मैदानमा रहनेछन्। जुन खेलाडी बस्नको लागि बायोसेक्योर गरिएको छ।

‘हामीले नयाँ अभ्यासमा अभ्यस्त हुनु जरुरी छ। क्वारेन्टिन बस्नु, बबल मैदानमा खेल्नु र समर्थक नभएको मैदानमा प्रतियोगिता गर्नु वास्तवमै केही गाह्रो छ,’ स्टिभ स्मिथले इंग्ल्यान्ड प्रस्थान गर्नुअघि भनेका छन्।

corrent noodles
Metro Mart

तर, लामो हवाई यात्राबाट गएको अष्ट्रेलियन टिमले इंग्ल्यान्डमा क्वारेन्टिनमा बस्नुपर्ने छैन। आयोजक इंग्ल्यान्डसँगको सहमतिमा अष्ट्रेलियामा नै क्वारेन्टिनमा बसेको र बायो सेक्योर मैदानमा सीधै प्रस्थान गरेका कारण पाहुना टिम क्वारेन्टिनमा बस्नु नपर्ने भएको हो।

उनीहरुको केही हप्ता अघिबाटै बन्द प्रशिक्षण स्थालमा अभ्यास गरिरहेका थिए भने रेस्टुरेन्ट र क्याफेमा जान प्रतिबन्ध लगाइएको थियो।

अब पाहुना टिमले प्रतियोगिता अघि इन्ट्रास्क्वाड अभ्यास गर्नेछ। उसले अभ्यासमा तीन टी–२० र एक ५० आभेरको खेल खेल्नेछ। तर, अष्ट्रेलियाको टिममा २१ जना मात्र भएका कारण एलेवेन–ए–साइडमा खेल्न भने मुस्किल हुनेछ।

इंग्ल्यान्डसँगको तीन टी–२० सिरिज आउँदो सेप्टेम्बर ४, ६ र ८ तारिकमा रोज बल क्रिकेट रंगशालामा हुनेछ। टी–२० पछि तीन शृंखलाको एक दिवसीय खेल पनि सञ्चालन हुनेछ।

एक दिवसीय खेल सेप्टेम्बर ११, १३ र १६ तारिकमा इमिरेट्स मैदान, म्यानचेस्टरमा हुने छ।

– ईएसपीएन क्रिकइन्फो

 

प्रकाशित: Aug 23, 2020| 14:40 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।