शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • मेस्सीले कोयमेनलाई भने– बार्सिलोनाभन्दा टाढा भविष्य देखिसकेँ

मेस्सीले कोयमेनलाई भने– बार्सिलोनाभन्दा टाढा भविष्य देखिसकेँ

बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले भर्खरै नियुक्त भएका प्रशिक्षक रोनाल्डो कोयमेनसँग कुरा गर्दै आफू क्लबमा बसिरहने कुराप्रति शंका व्यक्त गरेका छन्।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

बार्सिलोना– बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले भर्खरै नियुक्त भएका प्रशिक्षक रोनाल्डो कोयमेनसँग कुरा गर्दै आफू क्लबमा बसिरहने कुराप्रति शंका व्यक्त गरेका छन्।

triton college

च्याम्पियन्स लिगमा बेभरियन क्लब बायर्नसँगको निराशाजनक हारका कारण बार्सिलोनाको कमजोरी छताछुल्ल भएको र अर्जेन्टिनी फुटबलरको भविष्य अन्योलपूर्ण भएको अड्कल काट्न थालिएको छ।

क्याटालान रेडियो आरएसी–१ का अनुसार अहिले मेस्सी बार्सिलोनामा बस्ने भन्दा पनि बाहिर कुन क्लबमा जान सही हुन्छ, त्यसको निर्णय कुरिरहेका छन्। तर, एक वर्षको सम्झौता बाँकी रहँदा नै क्लबबाट बाहिर जान गाह्रो हुन्छ भन्ने मेस्सीले बुझेका छन्।

यसैबीच बार्सिलोनाले भर्खरै नियुक्त गरेका प्रशिक्षक रोनाल्ड कोयमेनले कप्तान मेस्सीसँग कुरा गर्नुपर्ने बताएपछि समर बिदा बिचमै रोकेर उनी वार्तामा फर्किएका थिए।

कोयमेनसँगको पहिलो वार्तामा उनले नयाँ सिजनको लागि कुराकानी गरेका छन्। डच प्रशिक्षक कोयमेनका लागि २०२०–२१ को सिजनमा मेस्सी पिलरका रुपमा रहनेछन्, तर कोयमेनले भनिसकेका छन् कि उनलाई ‘ननकमिटेड प्लेयर’ आवश्यक छैनन। मेस्सी भने बाहिरिन खोजिरहेका छन्।
तरपनि बार्सिलोनाका लागि सबैभन्दा महत्वपूर्ण कुरा मेस्सीलाई क्लबमा टिकाउन सक्नु नै हो। अध्यक्ष जोसेप मारिया बर्टोमाउ यस्ता प्रशिक्षक बन्न चाहँदैनन्, जसको पालामा संसारकै उत्कृष्ट खेलाडीले क्लब छोडेर गए। यसले उनको आगामी चुनावमा निर्वाचित हुने सम्भावना घट्नेछ। तर, मेस्सी क्लबमा बस्ने अवस्थामा देखिँदैनन्।

corrent noodles
Metro Mart

पछिल्लो समय बार्सिलोनाले मेस्सीको मनस्थिति अध्ययन गरिरहेको छ। साथै उसले कोयमेनसँगको कुराकानीले मेस्सीलाई क्लबमा फर्काउने आशासमेत गरेको छ।

यता, सम्झौता एक वर्ष बाँकी रहेकाले क्लबको अुनमति विना मेस्सी अन्य क्लबमा जान सक्ने छैनन्। त्यसपमाथि उनको रिलिज शर्त ७०० मिलियन यूरो छ। इन्टर लगायतका क्लबले उनलाई अनुबन्धन गर्न खोजिरहे पनि ती क्लबले सो रकम तिर्न सक्ने छैनन्।

बार्सिलोनाका लागि एकमात्र समस्या यो हो कि उनको ठाउँमा राख्न सकिने खलाडी क्याटालान क्लबमा कोही पनि छैनन्।

प्रकाशित: Aug 21, 2020| 13:06 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।