शनिबार, वैशाख २२, २०८१

टेलिकमको ह्याप्पी लर्निङ प्याक योजना

 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं । नेपाल टेलिकमले ह्याप्पी लर्निङ प्याक योजना ल्याएको छ । कम्पनीले भदौं ३ कुसे औंसीको अवसरमा यो योजना कार्यान्वयनमा ल्याउने लागेको जनाएको छ । 

triton college

सस्तो मूल्यमा उपलब्ध हुने सो प्याकेजबाट विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनको माध्यमबाट प्रभावकारी रुपले सञ्चालन गर्न सकिने टेलिकमले जनाएको छ । कोभिड १९ महामारीले बालबालिकाको पठनपाठनमा असर पारेकाले सस्तो दरमा यो योजना ल्याएको टेलिकमले जनाएको छ ।

 

सो प्याकेज अन्तर्गत ३१५ मा २४ जीबी र ५०० मा ३५ जीबी डाटा उपलब्ध हुनेछ । २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

यसैगरी ३५ जीबी डाटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुने जनाइएको छ ।

ह्याप्पी लर्निङ प्याक टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत प्रयोग गर्न सकिने छ । यो प्याकेज आफूलाई उपयुक्त हुने कुनै पनि समयमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । 

corrent noodles
Metro Mart

प्रकाशित: Aug 19, 2020| 06:44 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्