शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोकका पहिरो पीडितको राहत र पुनःस्थापनाबारे सभामुख र गृहमन्त्रीबीच छलफल

सिन्धुपाल्चोकका पहिरो पीडितको राहत र पुनःस्थापनाबारे सभामुख र गृहमन्त्रीबीच छलफल

सिन्धुपाल्चोकको जुुगल गाउँपालिका–२, लिदीमा शुक्रबार बिहान गएको पहिरोबाट पीडित परिवारको राहत र पुनःस्थापनाका बारेमा सभामुख र गृहमन्त्रीबीच छलफल भएको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

काठमाडौं– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीमा शुक्रबार बिहान गएको पहिरोबाट पीडित परिवारको राहत र पुनःस्थापनाका बारेमा सभामुख र गृहमन्त्रीबीच छलफल भएको छ।

triton college

सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापाबीच सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा छलफल भएको हो। भेटमा सभामुख सापकोटाले जिल्लामा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको र सयभन्दा बढी घरपरिवार विस्थापित भएकाले उनीहरुलाई पुनःस्थापित गर्ने विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

सभामुखले १७ साउन ०७१ मा गएको जुरे पहिरोका पीडितका लागि सर्वसाधारणबाट उठेको सहयोग रकम वितरणको लागि निर्णय गर्न भइरहेको ढिलाइबारे चासो राखेका थिए।

गृहमन्त्री थापाले बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई आर्थिक राहत प्रदान गरिने र विस्थापितको पुनःस्थापनाका लागि छिटोभन्दा छिटो काम थालिने बताएका थिए।

गृहमन्त्री थापाले जुरे पहिरो पीडितका लागि सर्वसाधारणबाट उठेको रकम वितरणसम्बन्धी निर्णयका लागि आफूले पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

corrent noodles
Metro Mart

३० साउनमा सिन्धुपाल्चोकको लिदिमा गएको पहिरोमा परेका ३९ जना बेपत्ता भएका थिए। आइतबार साँझसम्म १९ जनाको शव फेला परेको छ।

हराइरहेका अन्य २० जनाको खोजी जारी छ। २४ असारमा गएको पहिरोमा परी सिन्धुपाल्चोककै बाह्रबिसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशी गाउँपालिकाको बुल्कुटे, ३१ असार बिहान खसेको पहिरोले भोटेकोशी गाउँपालिकाको फुल्पिङमा ठूलो मानवीय र भौतिक क्षति भएको छ।

सभामुख सापकोटाले आइतबार नै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग जोखिममा रहेका सिन्धुपाल्चोकका लिदी, नाम्फा लगायतका बस्ती स्थानान्तरणको काम थाल्नेबारे छलफल गरेका छन्।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले स्थलगत अध्ययनका लागि भूगर्भविद्सहितको टोली पठाइ विस्थापितको पुनःस्थापना एवं बस्ती स्थानान्तरण सम्बन्धमा प्रतिवेदन तयार गर्ने योजना बनाइसकिएको र छिट्टै प्रभावित क्षेत्रमा पठाइने जानकारी दिएका छन्।

प्रकाशित: Aug 16, 2020| 21:15 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।