शनिबार, वैशाख १५, २०८१

प्रदेश १ मा आइसोलेसन सञ्चालनका लागि डेढ करोड निकासा

प्रदेश १ सरकारले कोरोना संक्रमितहरुलाई राख्ने आइसोलेसन सञ्चालनका डेढ करोडभन्दा बढी बजेट निकासा गरेको छ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

विराटनगर– प्रदेश १ सरकारले कोरोना संक्रमितहरुलाई राख्ने आइसोलेसन सञ्चालनका डेढ करोडभन्दा बढी बजेट निकासा गरेको छ।

triton college

स्थानीय तह र जिल्ला अस्पतालमा सञ्चालन गरिने आइसोलेसनका लागि प्रदेश सरकारले १ करोड ६० लाख निकासा गरेको हो।

कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउन स्थानीय तह र अस्पतालहरुलाई प्रदेश सरकारले उक्त रकम उपलब्ध गराएको हो।

११ वटा जिल्ला अस्पतालहरुलाई कम्तीमा १० बेड क्षमताको आइसोलेसन केन्द्र बनाउन बजेट उपलब्ध गराइएको छ।

प्रदेश सरकारले मारवाडी सेवा सदन, विराटनगरमा ५० बेड क्षमताको आइसोलन केन्द्र बनाउन १० लाख रकम उपलब्ध गराएको छ।

corrent noodles
Metro Mart

जनता क्याम्पस रंगेलीको भवनमा १ सय बेड क्षमताको आइसोलेसन बनाउन १५ लाख, सुनसरीको हरिनगर गाउँपालिकाको वी. जेनेरल अस्पतालमा ५० बेड क्षमताको आइसोलेसन बनाउन १० लाख, रमानन्द आचार्य सेवा पिठ, चतराधाममा १ सय बेड क्षमताको आइसोलेसनको लागि १५ लाख र सोलुदुधकुण्ड नगरपालिकालाई आइसोलेसन केन्द्र स्थापना र सञ्चालन गर्न ५ लाख प्रदेश सरकारले उपलब्ध गराएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जानकारी दिए।

प्रदेश १ का ताप्लेजुङ्ग, पाँचथर, ईलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ्ग, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्ला अस्पतालहरुलाई कम्तीमा १० बेड क्षमताको आइसोलेसन स्थापना र सञ्चालन गर्न ५÷५ लाखका दरले एकमुष्ट ५५ लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको छ।

कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँ मोरङलाई २० लाख, कोभिड–१९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरलाई ५ लाख र मेची अस्पताल झापालाई १० लाख रुपैयाँ आइसोलेसन सञ्चालनका लागि उपलब्ध गराएको छ।

बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिका र थुलुङ्ग दुधकोशी गाउँपालिकालाई क्वारेन्टाइन व्यवस्थापन र सञ्चालनका लागि ५–५ लाख प्रदेश सरकारले निकासा गरेको छ।

प्रकाशित: Aug 13, 2020| 18:30 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।