शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सबैभन्दा बढी संक्रमित काठमाडौंमा थपिए (कुन जिल्लामा कति ?)

सबैभन्दा बढी संक्रमित काठमाडौंमा थपिए (कुन जिल्लामा कति ?)

सबैभन्दा बढी काठमाडौंमा ११० जना संक्रमित भएका छन्। यस्तै ललितपुरमा १६ र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन्।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ६४८ जना कोरोना संक्रमित थपिएका छन्।

triton college

सबैभन्दा बढी काठमाडौंमा ११० जना संक्रमित भएका छन्। यस्तै ललितपुरमा १६ र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनकुटामा एक, झापामा १०, मोरङमा ३२ र सिरहामा १४ जना थप संक्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा सुनसरीमा ३३, उदयपुरमा १७, धनुषामा २४ र महोत्तरीमा १२ जना संक्रमण भएको मन्त्रालयले जनाएको छ।

यसैगरी सप्तरीमा १३, बारामा ३९, पर्सामा ७०, धादिङमा ११, गोरखामा एक र नुवाकोटमा तीन जना संक्रमित थपिएका छन्।

corrent noodles
Metro Mart

नयाँ संक्रमितमा सर्लाहीमा ४१, दाङमा नौ, रौतहटमा २०, चितवनमा तीन र कपिलवस्तुमा १८ जना छन्।

रूपन्देहीमा ३३, काभ्रेमा चार, मकवानपुरमा एक, बर्दियामा एक, बाँकेमा २९ र दार्चुलामा एकजनामा संक्रमण भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

कास्कीमा पाँच, खोटाङमा एक, स्याङ्जामा एक, रोल्पामा एक, बाग्लुङमा दुई र तनहुँमा दुई जना संक्रमित थपिएका छन्।

संक्रमित थपिएकामा नवलपरासीमा दुई जना, प्यूठानमा १७ जना, अछाममा एकजना, अर्खाखाँचीमा एकजना र दोलखामा एक जना छन्।

यस्तै इलाममा एक, जाजरकोटमा एक, कालिकोटमा एक, पाँचथरमा एक, ओखलढुंगामा दुई र पर्वतमा दुई जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार रामेछापमा एक, रुकुम पश्चिममा एक, सिन्धुपाल्चोकमा एक, सुर्खेतमा पाँच, दैलेखमा तीन र सल्यानमा दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरका क्वारेन्टिनमा ११ हजार ५८ जना रहेको जानकारी दिए।

उनका अनुसार प्रदेश १ मा दुई हजार ६१४, प्रदेश २ मा एक हजार ५८०, बागमतीमा एक हजार १९ र गण्डकीमा ९५५ जना क्वारेन्टिनमा छन्। यस्तै प्रदेश ५ मा एक हजार ८२२, कर्णालीमा ६८९ र सुदूरपश्चिममा दुई हजार ३८९ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १० हजार ४६२ जनाका पीसीआर परीक्षण गरिएको थियो। तीमध्ये ६३८ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ। सक्रिय संक्रमितको संख्या ७ हजार २०१ छ।

मंगलबारसम्म १६ हजार ६६४ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्।

प्रदेश १ बाट एक हजार ४४ जना, प्रदेश २ तीन हजार ३८५ बाट जना र बागमती प्रदेशबाट ६१८ जना कोरोनामुक्त भएका हुन्।

गण्डकीबाट कोरोनामुक्त हुनेको संख्या एक हजार ४८७ छ।

यस्तै प्रदेश ५ बाट चार हजार १८९, कर्णालीबाट एक हजार ९०० र सुदूरपश्चिम प्रदेश चार हजार ४० जना कोरोनामुक्त भएका छन्।

कोरोना भाइरस संक्रमणबाट नेपालमा ८३ जनाको ज्यान गएको छ।

प्रकाशित: Aug 11, 2020| 17:34 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।