शुक्रबार, वैशाख १४, २०८१

नेपाल बैंकको खुद नाफा २ अर्ब ५५ करोड

नेपाल बैंकको खुद नाफा गत वर्षको तुलनामा केही घटेको छ। कोभिड–१९ को असरका कारण बैंंकको नाफा झण्डै साढे चार करोड रुपैयाँले घटेको हो।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

नेपाल बैंकको खुद नाफा गत वर्षको तुलनामा केही घटेको छ। कोभिड–१९ को असरका कारण बैंंकको नाफा झण्डै साढे चार करोड रुपैयाँले घटेको हो।

triton college

नेपाल बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। अघिल्लो आवमा भने यो नाफा २ अर्ब ५९ करोड ६७ लाख थियो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १.५५ प्रतिशत कम हो ।

बैंकका अनुसार कोभिड–१९ का कारण जारी गरिएको लकडाउनले बैंकको नाफा प्रभावित भएको हो । यसका साथै स्प्रेड दर र फि तथा कमिसन आम्दानी घटेका कारण पनि बैंकको नाफा प्रभावित भएको छ।

बैंकको संचालन आम्दानी २१ प्रतिशत र खुद व्याज आम्दानी ९ प्रतिशतले घटेको छ। बैंकको सञ्चालन मुनाफा ३ अर्ब ५६ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ भने व्याज आम्दानी भन्दा व्याज खर्च बढ्दा बैंकको गत आर्थिक वर्षमा खुद व्याज आम्दानी ५ अर्ब ६१ करोड ८९ लाख रुपैयाँ मात्र रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी पनि घटेर २२ रुपैयाँ ६६ पैसामा आएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ९९ पैसा थियो। बैंकको प्रतिसेयर नेटवर्थ २६७ रुपैयाँ ५० पैसा कायम भएको छ। गत वर्ष बैंकको वितरण योग्य मुनाफा २ अर्ब २१ करोड ४ लाख रुपैयाँ छ।

corrent noodles
Metro Mart

बैंकको चुक्तापुँजी ११ अर्ब २८ करोड २८ लाख रुपैयाँ छ भने बैंकको जगेडा कोषमा १२ अर्ब ९८ करोड ५४ लाख रुपैयाँ, सेयरधनी कोषमा ४ अर्ब १२ करोड ५० लाख रुपैयाँ र सेयर प्रिमियममा १ अर्ब ७८ करोड ८७ लाख रुपैयाँ सञ्चित छ।

गत असार मसान्तसम्ममा बैंकले १ खर्ब ४२ अर्ब ११ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब ५८ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

 

प्रकाशित: Aug 09, 2020| 11:54 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्