बुधबार, वैशाख २६, २०८१

होम आइसोलेसनका लागि यस्ता छन् स्वास्थ्य मापदण्ड

सरकारले तय गरेको मापदण्डअनुसार दाँत माझ्ने ब्रसलगायतका सामान बेसिनबाहेक अन्य स्थानमा छुट्टै राखेर प्रयोग गर्नुपर्नेछ । किनकि त्यस्ता स्थानमा सङ्क्रमण फैलने जोखिम बढी रहन्छ ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

सङ्क्रमणको मात्रा बढ्दै जाने र अस्पतालमा श्ययासमेत नपाउने अवस्थालाई ध्यानमा दिएर सरकारले घरमै आइसोलेसनमा बस्न चाहनेलाई केही मापदण्ड तयार पारेको छ ।

triton college

सरकारले विश्व स्वास्थ्य सङ्गठन, अन्तर्राष्ट्रिय मापदण्डका आधारमा तयार पारेको मापदण्डलाई व्यवहारिकरूपमा कार्यान्वयन गरेको खण्डमा कोरोना सङ्क्रमित भएका व्यक्ति अस्पतालमा नै जानुपर्छ भन्ने अवस्था पनि नआउन सक्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुनै सङ्क्रमित व्यक्ति आफू घरमै आइसोलेसनमा बस्न चाहेको खण्डमा उसले र सम्बन्धित परिवारका सदस्यले समेत पालन गर्नुपर्ने मापदण्ड तयार पारिएको हो ।

गौतमले भने, “सामान्यभन्दा सामान्य सावधानी अपनाउँदासमेत सङ्क्रमति व्यक्ति छिट्टै निको हुन सक्छ, तर सरकारले तय गरेको मापदण्डलाई अक्षरशः कार्यान्वयन भने गर्नुपर्छ ।” उनका अनुसार होम–आइसोलेसनमा रहँदा सङ्क्रमितले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, उपचार अवधिभरि आवश्यक पर्ने सामानहरु परिवारका सदस्यसँग मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खानु पर्नेछ ।

सङ्क्रमित व्यक्तिले प्रयोग गरेका भाँडावर्तन सुरक्षितरूपमा सफा गरेर राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयोग गर्नु पर्नेछ । यस्तै स्नान घर वा शौचालयको छुट्टै व्यवस्था मिलाउनु पर्नेछ । राजधानी तथा शहरी क्षेत्रमा बस्नेहरुको एउटै स्नान घर वा शौचालय हुने तथा सामूहिक रुपमा प्रयोग गर्नुपर्ने अवस्था रहेकाले सङ्क्रमित भएका व्यक्तिले प्रयोग गरेपछि राम्रोसँग निःसङ्क्रमित गरेर मात्रै अरुले प्रयोग गर्नुपर्ने छ ।

सरकारले तय गरेको मापदण्डअनुसार दाँत माझ्ने ब्रसलगायतका सामान बेसिनबाहेक अन्य स्थानमा छुट्टै राखेर प्रयोग गर्नुपर्नेछ । किनकि त्यस्ता स्थानमा सङ्क्रमण फैलने जोखिम बढी रहन्छ ।

corrent noodles
Metro Mart

यस्तै घरका ढोका, टेबललगायत धेरै व्यक्तिले चलाउने सम्भावना रहेका सामानमा समेत सङ्क्रमणको जोखिम बढी रहने गर्दछ । त्यस्ता सामान चलाउँदा वा छोइसकेपछि राम्रोसँग हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने मन्त्रालयले तयार पारेको मापदण्डमा उल्लेख छ । सरकारले तय गरेको मापदण्डअनुसार भाँडा र कपडा धुँदा पञ्जा लगाएर धुने र राम्रोसँग सुकाएर मात्र प्रयोग गर्नु पर्नेछ ।

कोरोना सङ्क्रमित भएका व्यक्तिको हेरचाहमा रहने व्यक्तिले अनिवार्य मेडिकल मास्क प्रयोग गर्नु पर्नेछ । यस्तै दीर्घरोगी, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, सुत्केरी तथा बालबालिका सङ्क्रमणको बढी जोखिममा रहन्छन् । उनीहरुलाई सङ्क्रमित व्यक्तिभन्दा टाढा राख्नुपर्ने विषयलाई मापदण्डले समेटेको छ । सङ्क्रमित व्यक्तिको दैनिक तीनपटक ज्वरो जाँच गरी रेकर्ड राख्नुपर्नेछ । रेकर्ड गरिएको ज्वरोको जानकारी भने सम्बन्धित स्वास्थ्यकर्मीलाई गराउनुपर्ने प्रवक्ता डा गौतमले उल्लेख गरे।

त्यस्तै सङ्क्रमितलाई स्वास–प्रस्वासमा कठिनाइ भएमा, छाती दुखेमा, ओठ अनुहार निलो भएमा, होस हराएमा तथा अन्य कुनै जटिल अवस्था देखिएमा तत्काल स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने प्रवक्ता डा गौमतको भनाइ छ । मन्त्रालयले सङ्क्रमितलाई मात्रै नभई स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले समेत पालन गर्नुपर्ने केही मापदण्ड तय गरेको छ । स्वास्थ्यकर्मीले हरेक दिन कम्तीमा दुईपटक सङ्क्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने र आवश्यक परामर्श गर्नु पर्नेछ ।

हरेक स्थानीय तहले ५० सङ्क्रमितका लागि एक स्वास्थ्यकर्मीको व्यवस्था गर्नैपर्ने अनिवार्य व्यवस्था गरेको छ । स्वास्थ्यकर्मीले एक बिरामी हेरेवापत दिनको रु. २०० का दरले पारिश्रमिक पाउने व्यवस्था गरिएको छ ।

ती मापदण्डलाई पूर्णरूपमा पालना गरिएको अवस्थामा सङ्क्रमितलाई घरैमा सुरक्षितरूपमा उपचार गर्न सकिने र कोरोनाको नियन्त्रण गर्न सकिने सरकारको विश्वास छ । जटिल स्वास्थ्य समस्या देखिएको खण्डमा भने नजिकको अस्पतालमा लैजान सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित: Aug 09, 2020| 05:46 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।