शुक्रबार, वैशाख १४, २०८१

मोरङका ९ स्थानीय तहमा लकडाउन

लकडाउन खुलेको दुई सातामै मोरङमा २ सय १९ जना थपिए । मोरङमा विहिबारसम्म संक्रमितको संख्या ४ सय ३० पुगेको छ । मोरङका १७ वटै स्थानीय तहमा संक्रमण फैलिएको छ ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

विराटनगर– कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि मोरङका ९ वटा स्थानीय तहमा लकडाउन गरिएको छ ।

triton college

संक्रमणको अवस्था विश्लेषण गरी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले आवश्यक कदम चाल्न सक्ने प्रदेश सरकारले निर्णय गरेसँगै स्थानीय तहहरुलाई लकडाउन लगाउने बाटो खुलेको थियो । साउन १६ गते विराटनगर महानगरपालिकाले संक्रमण बढेको भन्दै पहिलो पटक लकडाउन गरेको थियो ।

विहिबारसम्म मोरङमा लकडाउन गर्ने स्थानीय तहको संख्या ९ पुगेको छ । मोरङका विराटनगर, रंगेली, रतुवामाई, धनपालथान, सुनवर्षी, सुन्दरहरैचा, पथरी शनिश्चरे, बेलबारी, कानेपोखरीले लकडाउन गरेका छन् ।

मोरङका जहदा र कटहरी गाउँपालिकाले लकडाउनको घोषणा नगरे पनि कार्यालय र गाउँपालिका अन्र्तगतका वडा कार्यालय बन्द गरेका छन् । ग्रामथान, मिक्लाजुङ, उर्लाबारी, केराबारी, बुढीगंगा, लेटाङमा लकडाउन गरिएको छैन । ६ वटा स्थानीय तहरुले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको बताएका छन् ।

संघीय सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका गत चैत ११ गतेदेखि शुरु गरेको लकडाउन साउन ७ गतेदेखि हटाएको थियो । साउन ७ गतेसम्म मोरङमा कोरोना संक्रमितको संख्या २ सय ११ थियो ।

corrent noodles
Metro Mart

लकडाउन खुलेको दुई सातामै मोरङमा २ सय १९ जना थपिए । मोरङमा विहिबारसम्म संक्रमितको संख्या ४ सय ३० पुगेको छ । मोरङका १७ वटै स्थानीय तहमा संक्रमण फैलिएको छ ।

 

 

 

प्रकाशित: Aug 06, 2020| 15:15 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।