शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रहरीले राम्रो काम नगरे सिधै हेडक्वार्टरमा उजुरी दिन सकिने

प्रहरीले राम्रो काम नगरे सिधै हेडक्वार्टरमा उजुरी दिन सकिने

प्रहरी सेवालाई थप चुस्तदुरुस्त एवं विश्वसनीय बनाउने क्रममा नेपाल प्रहरीले सेवाग्राहीको गुनासो वा उजुरी तत्कालै सुनेर सम्बोधन गर्ने भएको हो।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं– प्रहरीले राम्रो काम नगरे सर्वसाधारणले सिधै हेडक्वार्टरमा उजुरी दिन सक्ने भएका छन्। सेवाग्राहीले प्रहरी सेवा सम्बन्धी विभिन्न विषयमा तत्काल जानकारी लिन तथा उजुरी वा गुनासो गर्न पाउने भएका हुन्।

triton college

प्रहरी सेवालाई थप चुस्तदुरुस्त एवं विश्वसनीय बनाउने क्रममा नेपाल प्रहरीले सेवाग्राहीको गुनासो वा उजुरी तत्कालै सुनेर सम्बोधन गर्ने भएको हो।

प्रहरी सेवा प्राप्त नभएमा, प्रहरी कर्मचारीहरु आफ्नो कर्तव्यप्रति उदासिन रही सेवा प्रवाह नगरेमा, जाहेरी दरखास्त लिन नमानेमा वा दर्ता नगरेमा, व्यावसायिक तवरले अनुसन्धान नगरेको लागेमा सेवाग्राहीले उजुरी दिन सक्ने व्यवस्था प्रधान कार्यालयले गरेको छ।

त्यस्तै, कानुन विपरीत थुनामा राखेमा, सेवाग्राहीलाई दुर्व्यवहार गरेमा, आर्थिक लाभ लिन खोजेमा, पदीय दुरुपयोग गरी अनावश्यक दबाब दिएमा र अन्य प्रहरी कामकारबाही सम्बन्धमा तत्कालै उजुरी वा गुनासो गर्न सकिने प्रधान कार्यालयले जनाएको छ।

त्यसका लागि सम्पादनको क्रममा प्रहरी कर्मचारीहरुबाट हुन सक्ने कमी कमजोरी, लापरबाही एवं आर्थिक अनियमितता तथा गैर व्यावसायिक कार्यलगायतका विषयहरुमा सूचना लिन वा दिनका लागि सम्पर्क माध्यमहरु समेत तोकिएको छ।

corrent noodles
Metro Mart

जसअनुसार टोल फ्रि नम्बर १११३, कार्यालय समयभित्र ०१–४४१००७९, मोबाइल नम्बर ९८५१२९३००० तथा इमेल ठेगाना ecomplain@nepalpolice.gov.np र ujurichhanbin@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।

 

प्रकाशित: Aug 06, 2020| 12:56 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।