शनिबार, वैशाख १५, २०८१

प्रदेश १ मा ९० वर्षीया वृद्धा कोरोनामुक्त

कोरोनामुक्त भएकी वृद्धा लगायत विराटनगरबाट डिस्चार्ज भएका २१ जनालाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले विदाइ गरेका थिए।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

विराटनगर– प्रदेश १ बाट ९० वर्षीया एक वृद्धा कोरोनामुक्त भएकी छिन्।

triton college

अस्पताल भर्ना भएको १० दिनपछि स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि बुधबार डिस्चार्ज गरिएको छ।

विराटनगर ६ की ९० वर्षीया मधुदेवी भट्टराई साउन १० गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना भएकी थिइन्। उनले छोटो समयमै कोरोनालाई पराजित गर्न सफल भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले बताए। वृद्धामा मधुमेह, उच्च रक्तचाप र नसा सम्बन्धि रोगबाट पीडित रहेकोे डा. दासले बताए।

कोरोनामुक्त भएपछि भट्टराईले आफू स्वस्थ रहेको सुनाइन्। उनीसँगै संक्रमित भएकी उनकी बुहारी पनि डिस्चार्ज भएकी छिन्। वृद्धासँगै छोरा, बुहारी र नातिमा पनि संक्रमण देखिएको थियो। छोरा र नाति भने उपचाररत छन्।

कोरोनामुक्त भएकी वृद्धा लगायत विराटनगरबाट डिस्चार्ज भएका २१ जनालाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले विदाइ गरेका थिए।

corrent noodles
Metro Mart

प्रदेश १ बाट सबैभन्दा बढी ९० वर्षकी वृद्धा र सबैभन्दा कम उमेरकी विराटनगर १० की ८ महिने बालिका असार १५ गते डिस्चार्ज भएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए।

१८ संक्रमित थपिए

प्रदेश १ मा बुधबार १८ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

विराटनगरमा ६ पुरुष ४ महिला, सुनवर्षीमा ३ र धनपालथानमा १ पुरुष, इलामको इलाम नगरपालिका र सुर्योदयमा १–१ पुरुष, उदयपुरको त्रियुगामा १ महिला र सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ८९ पुगेको छ।

कोरोना संक्रमणबाट मृत्युका व्यक्तिका तीनै छोरा संक्रमित

गत साउन १४ गते मृत्यु भएका मोरङको सुनवर्षीका एक व्यक्तिका ३ छोराको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। मृतककी श्रीमतीको साउन १५ गते नै रिपोर्ट पोजेटिभ आएको थियो। छोराहरुको पनि कोशी अस्पतालमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मेसु डा. दासले बताए।

५७ जना डिस्चार्ज

प्रदेश १ मा बुधबार ५७ जना डिस्चार्ज भएका छन्। पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

डिस्चार्ज हुनेमा मोरङका २६, झापाका १६, सुनसरी र इलामका ६–६, धनकुटा, उदयपुर र तेह्रथुमका १–१ जना छन्। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय ८७ पुगेको छ। विराटनगरबाट डिस्चार्ज भएकामा नेपाल प्रहरीका एक डिएसपी सहित ५ सुरक्षाकर्मी छन्।

 

 

प्रकाशित: Aug 05, 2020| 16:53 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।