शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • लगानी बोर्डमा सीईओ नियुक्त गरेको विषयमा ओली र दाहालबीच चर्काचर्की

लगानी बोर्डमा सीईओ नियुक्त गरेको विषयमा ओली र दाहालबीच चर्काचर्की

छलफलको सुरुमै अध्यक्ष दाहालले विवादास्पद व्यक्तिलाई लगानी बोर्डको सीइओमा नियुक्त गरेको विषयमा आपत्ति जनाएका थिए।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाभित्र देखिएको विवाद समाधान गर्न भन्दै बालुवाटारमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुको छलफल सकिएको छ।

triton college

वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसमेत सहभागी उक्त छलफल सधैँ झैँ कुनै ठोस निष्कर्षमा पुग्न सकेन्।

छलफलको सुरुमै अध्यक्ष दाहालले विवादास्पद व्यक्तिलाई लगानी बोर्डको सीइओमा नियुक्त गरेको विषयमा आपत्ति जनाएका थिए।

सरकारले गर्ने नियुक्ति एकलौटी रुपमा गर्दै आएका ओलीले लगानी बोर्डको सीईओमा सुशील भट्टलाई नियुक्त गरेपछि आजको छलफलमा यस विषयले प्रवेश पाएको हो।

‘भट्ट नियुक्तिको विषयलाई लिएर छलफल झनै तनावपूर्ण बन्यो,’ स्रोतले भन्यो।

corrent noodles
Metro Mart

अध्यक्ष दाहालले पार्टी कमिटीसँग कुनै सल्लाह नै नगरेर एकपछि अर्का विवादास्पद निर्णय गरिएको भन्दै कडा आपत्ति व्यक्त गरेका थिए।

वरिष्ठ नेता खनालले पनि बैठकमा सरकारले पार्टी कमिटीसँग सल्लाह नै नगरेर एकपछि अर्को निर्णय गरिएको भन्दै आपत्ति जनाएको स्रोतले जानकारी दिएको छ।

आजको छलफलमा पनि ओलीले स्थायी कमिटी बैठक राख्ने विषयमा सहमति नजनाएको बुझिएको छ।

‘उहाँ पार्टी कमिटीका कुनैपनि निर्णय नमान्ने भन्नुहुन्छ,’ स्रोतले भन्यो,‘यसरी सहमति भन्दा पनि विवाद झनै चर्किने अवस्था देखिएको छ।’

विवादकै बीच आजको छलफल सकिएपछि छलफललाई निरन्तरता दिने वा नदिने भन्ने कुनै सहमति भएको छैन।

अध्यक्ष दाहालले एकपछि अर्का निर्णयले बाहिर नराम्रो सन्देश गएको भन्दै एकलौटी रुपले अघि नबढ्न ओलीलाई सुझाव दिएका छन्।

१३ साउनमा ओलीले एकलौटी बैठक स्थगित गरेपछि दाहालको अध्यक्षतामा स्थायी कमिटीको बैठक बसेको थियो।

त्यसयता नेकपाभित्रको विवाद चर्किंदै गएको छ।

६ दिनसम्म रोकिएको छलफलले आइतबारदेखि निरन्तरता पाए पनि ओली पार्टीको स्थायी कमिटी बैठक बोलाउन राजी छैनन्।

प्रकाशित: Aug 04, 2020| 19:53 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।