शनिबार, वैशाख ८, २०८१

'नेताहरू ३६५ दिन नै गाईजात्रा देखाउँछन्'

हास्यव्यङ्ग्य कलाकारले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूप्रति कडा व्यङ्ग्य गरेका छन्।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

काठमाडौं- हास्यव्यङ्ग्य कलाकारले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूप्रति कडा व्यङ्ग्य गरेका छन्।

triton college

उनीहरूले गाईजात्रा विशेष कार्यक्रममा बोल्दै नेताहरूले तीन सय ६५ दिन नै नक्कली गाईजात्रा देखाइरहेको भन्दै व्यङ्ग्य गरेका हुन्।

कलाकारहरूले जनतालाई सचेत नागरिकका रुपमा जागरुक भई नेतालाई गल्ती गर्न नदिन आग्रह गरे।

व्यङ्ग्यकार शैलेन्द्र सिम्खडाले नेपालका नेता र जनताको प्रकार छुट्याउँदै कडा व्यङ्ग्य गरे। उनले नेताहरू कोटे, नोटे, भोटे र चोटे चार प्रकारका र जनता अनुशासित र अनुबन्धित गरी दुई प्रकारका रहेको बताए।

आफूले ४० वर्ष गाईजात्रा मनाइसकेको र त्यस क्रममा नेपालको राजनीतिक तथा सामाजिक जीवनको अनेकन् घटनाक्रम देखेको समेत उनले बताए।

corrent noodles
Metro Mart

सिम्खडाले व्यंग्य गरे, ‘नेताहरू तीन सय ६५ दिन नै गाईजात्रा झिक्नुहुन्छ तर त्यो नक्कली गाईजात्रा हो, आजको दिन कलाकारले गरेको गाईजात्रा मात्र सत्य हो।’

उनले सामाजिक, लैंगिक, राजनीतिक घटनालाई प्यारोडीमार्फत व्यंग्य गरे।

हास्य कलाकार दमन रुपाखेतीले प्रधानमन्त्री केपी शर्मा ओली आफैंमा गाईजात्रा भएको टिप्पणी गरे। उनले भने, ‘केपी बा आफैंमा गाईजात्रा हुनुहुन्छ तर उहाँका धुपौरेबाट सावधान हुनुपर्छ।’

औषधोपचारको पैसा नेताले खाएको र जनताले उपचार नपाएको भन्दै दमनले व्यङ्ग्य गरे।

देश कोरोना महामारीसँगै बाढीपहिरोको प्रकोपमा रहँदा सरकार उदासीन रहेको आरोप लगाए।

उनले भने, ‘औषधोपचार खर्लप्पै नेताले खाए, जनताले पाएनन्।’

कलाकारमा देशको भूभागबारे सामान्यज्ञान हुन आवश्यक रहेको भन्दै केही कलाकारप्रति व्यङ्ग्य पनि गरे।

कार्यक्रममा सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले सरकार र प्रतिपक्षी नेतालाई कवितामार्फत व्यंग्य गरे।

उनले देशमा सबै मिलेर लुटिरहेको भन्दै व्यङ्ग्य कविता प्रस्तुत गरे।

हास्यकलाकार सुबोध गौतमले राजनीतिक दलका नेता तथा सामाजिक अभियन्ताको क्यारिकेचर गरेका थिए।

उनले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वराजा ज्ञानेन्द्र शाह, कम्युनिस्ट नेता मोहन वैद्य किरणको क्यारिकेचर गरे।

हास्य कलाकार दिनेश काफ्लेले गाईजात्रा विशेषमा राजनीतिक, सामाजिक घटना र मिडियाप्रति व्यंग्य गरे।

हास्य कलाकार श्रीकृष्ण सिम्खडाले भ्रष्टाचारीलाई टुँडिखेलमा राखेर नंग्याउनुपर्ने बताए। उनले नेताहरूप्रति व्यङ्ग्य गर्दै भ्रष्टाचारविरुद्ध कलाकारले आ–आफ्नो ढंगबाट सक्रिय हुनुपर्ने बताए।

कार्यक्रममा कलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला) ले गीत र लामो कवितामार्फत सरकारलाई कडा व्यंग्य हाने।

अर्का हास्य कलाकार सुमन कार्कीले पत्रकार ऋषि धमलाको क्यारिकेचर गरेर नेताहरूलाई व्यङ्ग्य गरे।

 

प्रकाशित: Aug 04, 2020| 17:25 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।