बुधबार, वैशाख २६, २०८१

विराटनगरमा कोरोना संक्रमित पुरुषको मृत्यु

मोरङमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। यसअघि सुनवर्षीमा १ जनाको मृत्यु भएको थियो । विराटनगरमा कोरोना संक्रमितको संख्या १४२ पुगेको छ ।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

विराटनगर– विराटनगरमा आज (सोमबार) एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगर–५ का ७७ वर्षीय एक वृद्धको मृत्यु भएको हो।

triton college

स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार ती वृद्ध आज बिहान १० बजे कोशी अस्पतालमा उपचारका लागि गएका थिए । मधुमेह र उच्च रक्तचाप भएका उनी श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि कोशी अस्पताल आएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख बस्नेतले बताए ।

स्वाब लिएर कोशीको आइसोलेसनमा उपचाररत उनको आज दिउँसो सवा ३ बजे मृत्यु भएको थियो । कोरोना रिपोर्ट आउनुअघि नै उनको मृत्यु भएको प्रमुख बस्नेतले बताए ।

उनको ट्राभल हिस्ट्री नभएको बताइएको छ । मृतकको शव परिवारलाई बुझाउने तयारी भइरहेको बताइएको छ ।

मोरङमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। यसअघि सुनवर्षीमा १ जनाको मृत्यु भएको थियो । विराटनगरमा कोरोना संक्रमितको संख्या १४२ पुगेको छ ।

corrent noodles
Metro Mart

प्रकाशित: Aug 03, 2020| 17:39 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।