शुक्रबार, वैशाख १४, २०८१

नेपाल–ओलीबीच वार्ता गराउने प्रयासमा एमालेको दोस्रो तहका नेता

एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरू छलफलमा जुटेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता गराउन उनीहरूले पहल गरेका हुन्।
 |  शनिबार, साउन १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन १६, २०७८

काठमाडौं– एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरू छलफलमा जुटेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता गराउन उनीहरूले पहल गरेका हुन्। यसबारेमा सिंहदरबारस्थित एमाले संसदीय दलक‍ो कार्यालयमा छलफल जारी छ।

triton college

उक्त छलफलमा एमालेको विघटित कार्यदलका सदस्यहरू सहभागी छन्। अध्यक्ष केपी शर्मा ओली पक्षका नेता सुवासचन्द्र  नेम्वाङ, प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद पौडेल तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य ,गोकर्ण विष्ट, रघुजी पन्तबीच छलफल भइरहेको हो।

एमालेले  दिउँसो ३ बजे स्थायी कमिटी बैठक बोलाएको छ। सो बैठकअघि नेताहरू छलफलमा जुटेका हुन्। ओली पक्षसित छलफलमा बस्नुअघि घनश्याम भुसाल र  सुरेन्द्र पाण्डेले एमाले वरिष्ठ नेता नेपालसँग भेट गरेका थिए। बिहान कोटेश्वरस्थित नेपाल निवासमा छलफल भएको थियो। 

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता गराउने प्रयास अझै सफल भएको छैन ।


प्रकाशित: Jul 31, 2021| 13:10 शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...