वीरगन्जमा कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ। वीरगन्जको गण्डकमा रहेको नारायणी व्योधामा उपचाररत महिलाको मृत्युु भएको हो।
मृत्यु भएकी ५० वर्षीया महिला वीरगन्ज १६ नगवाकी हुन्।
नारायणी अस्पतालका डा. निरज सिंहका अनुसार सास फेर्न समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। आईसीयूमा उपचाररत ती महिलाको आज मृत्यु भएको हो।