शुक्रबार, वैशाख १४, २०८१

संसदीय दलको नेता चयन गर्दै जसपा

सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको नेता चयन गर्ने भएको छ।
 |  शनिबार, साउन १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन १६, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको नेता चयन गर्ने भएको छ। 

दलको नेता चयन गर्नका लागि केहीबेरपछि बस्न लागेको  सांसद एवं कार्यकारिणी समिति सदस्य मोहम्मत इस्तियाक  राईले जानकारी दिए।  ‘दलको बैठकपछि हुने निर्वाचनले दलको नेता चयन गर्छ,’उनले भने। 

संसदीय दलको नेता चयन भएपछि सम्भवतः आइतबार जसपा सरकारमा सहभागी हुने भएको छ।  ‘हामीले माधव नेपाल पक्ष सरकारमा सहभागी हुन्छ कि हुन्न भन्ने निर्णय पर्खेर बसेका थियौं,’ जसपाका अर्का एक नेताले भने,‘त्यसकै आधारमा मन्त्रालयको भागबन्डा हुने भएकाले पर्खिएका हौं। सम्भवतः आइतबार सरकारमा सहभागी हुन्छौं।’ जसपाले माधव नेपाल पक्ष सरकारमा सहभागी नभएमा गठबन्धनका दलहरुबीच समान मन्त्रालयको भागबन्डा हुनुपर्ने बताउँदै आएको छ।

प्रकाशित: Jul 31, 2021| 11:25 शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...