शुक्रबार, वैशाख १४, २०८१

१० जिल्लामा भोलिदेखि १८ वर्षमाथिका सबैलाई कोरोना खोप लगाइँदै

सरकारले उमेर समूह र जिल्लाको आधारमा असोज ४ गतेदेखि १४ गतेसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिने भएको छ।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काटमाडौं– सरकारले उमेर समूह र जिल्लाको आधारमा असोज ४ गतेदेखि १४ गतेसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार उमेर समूहलाई जिल्ला अनुसार दिइने योजना बनाएको हो।  

triton college

मन्त्रालयका अनुसार १० वटा जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइँदैछ। ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्ला, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिने जनाएको छ।

त्यस्तै काभ्रे  र चितवनका ३५ वर्षमाथिका खोप लगाउने बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने छ। 

काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा भने ४० वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने छ। 

माथि उल्लेखित जिल्ला बाहेक मनाङ, मुस्ताङ र रुकुमपूर्वबाहेक अन्य ५५ जिल्लामा भने ४५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

corrent noodles
Metro Mart

पहिलो मात्रा असोज ४ देखि १४ सम्म खोप लगाएकालाई दोस्रो मात्रा कात्र्तिक ४ देखि १४ सम्म लगाइनेछ।

प्रकाशित: Sep 19, 2021| 10:44 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्