शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा १८ संक्रमित थपिए, कोशी अस्पतालको ओपीडी बन्द

प्रदेश १ मा १८ संक्रमित थपिए, कोशी अस्पतालको ओपीडी बन्द

विराटनगर– प्रदेश १ मा विहिबार १८ जना कोरोना संक्रमित थपिएका छन् ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

विराटनगर– प्रदेश १ मा विहिबार १८ जना कोरोना संक्रमित थपिएका छन् ।

triton college

मोरङमा ८, झापामा ४, सुनसरी, उदयपुर र सोलुखुम्वुमा २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ५ पुरुष र ३ महिला, झापाको शिवसताक्षीमा ३ पुरुष, दमकमा १ महिला, सुनसरीको धरान र इटहरीमा १–१ पुरुष, उदयपुरको वेलकामा १ महिला, १ पुरुष र सोलुखम्वुको दुधकुण्डमा २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश महेताले बताए । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ९३ पुगेको छ ।

प्रदेश १ मा विहिबार ४२ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ३४ पुरुष, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ पुरुष र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २ पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा विहिबार सम्म ७ सय ८९ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा विहिबार ६ सय ५२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

corrent noodles
Metro Mart

कोशी अस्पतालको ओपीडी बन्द

कोशी अस्पताल विराटनगरमा कार्यरत थप दुई जना स्वास्थ्यकर्मीमा विहिबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडी (बहिरंग) विभागको सेवा बन्द गरिएको छ ।

कोरोनाबाट यसअघि कोशीका २ जना स्वास्थ्यकर्मी संक्रमित भएका थिए । कोशीकै ल्याबमा परीक्षण गर्दा ओपीडी विभागकी इन्चार्ज रहेकी नर्सिङ स्टाफ र नाक, कान तथा घाँटी रोग विभागमा कार्यरत पारमेडिक्समा संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताए ।

अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या थपिँदै गएपछि अनिश्चितकालका लागि ओपीडीबाट प्रदान गरिँदै आएका सेवा बन्द गर्नु परेको हो । अर्को सूचना जारी नहुनजेलसम्मलाई सेवा बन्द गरिएको उनको भनाइ छ ।

कोरोनाले मृत्यु भएकाकी पत्नीको रिपोर्ट पोजेटिभ

कोरोना भाइरसको संक्रमणको कारण मृत्यु भएका मोरङको सुनवर्षी नगरपालिका–८ का ४५ वर्षीय पुरुषकी पत्नीको पनि रिपोर्ट पोजेटिभ आएको छ । स्वाब संकलन गरेर कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणपछि विहिबार पत्नीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुपरिटेन्डेन डा. चुमनलाल दासले कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषकी ३२ वर्षीया श्रीमतीको पनि रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।

पीयूको डिन कार्यालय बन्द

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकाय डिन कार्यालयमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ ।

विराट अस्पतालका कर्मचारीसँग सम्पर्कमा रहेका डिन कार्यालयका मुख्य सहायक कर्मचारीमा संक्रमण पुष्टि भएको हो । कर्मचारीमा संक्रमण देर्खिपछि डिन कार्यालयका १७ जना कर्मचारीको बिहीबार स्वाब संकलन गरिएको डिन डा.बिजु थपलियाले जानकारी दिए ।

इटहरीको सेवा बन्द

सुनसरीको इटहरी उपमहानगरपालिकाका इन्जिनियरलाई कोरोना संक्रमण देखिएपछि कार्यालयको सेवा बन्द गरिने भएको छ । उपमहा नगरको विहिबारको बैठकले वडा कार्यालय सम्मको सेवा प्रवाह बन्द गरिने निर्णय गरिएको नगर प्रमुख द्धारिकलाल चौधरीले बताए ।

उपमहानगरपालिकाले तत्काल लकडाउन नगर्ने भएपनि वडा कार्यालयसम्मको सेवा बन्द गर्ने निर्णय गरेको उनले बताए ।

प्रकाशित: Jul 30, 2020| 16:10 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।