शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रास्कोटमा पहिरोमा पुरिएर ८ जना बेपत्ता, सयौं घर उच्च जोखिममा

रास्कोटमा पहिरोमा पुरिएर ८ जना बेपत्ता, सयौं घर उच्च जोखिममा

कालिकोटको रास्कोटमा पहिरोमा पुरिएर ८ जना बेपत्ता भएका छन्।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

कालिकोटको रास्कोटमा पहिरोमा पुरिएर ८ जना बेपत्ता भएका छन्।

triton college

रास्कोट नगरपालिका–१ बडुवालतोला र चोक्टेबगरमा दुई घर पहिरोले बगाउँदा ८ जना वेपत्ता भएका हुन्।

बड्वालतोलका जयबहादुर शाहीको घर सोमबार राति पहिरोले बगाउँदा उनीसहित पाँच जनाको परिवार बेपत्ता भएको नगरपालिकाका मेयर काशीचन्द्र बरालले जानकारी दिए।

बरालका अनुसार जयबहादुरको एउटा खुट्टा करिव एक किलोमिटर तल भेटिएको छ भने उनका चार छोरा छोरी संगिता, कोपिला, नविन र अस्मिता पनि पुरिएका छन्।

सम्म परेको ठाउँमा रहेको घरमाथिबाट भेल आएर बगाएको बरालले बताए। लगातार पानी परिरहेकाले वेपत्ताको उद्धारमा कठिनाई भैरहेको बरालले जानकारी दिए।

corrent noodles
Metro Mart

यस्तै वडा नम्बर १ कै चोक्टेबगरका टेके टमट्टाको घर पहिरोले बगाउँदा उनीसहित छोरी यशोदा टमट्टा र अर्का एक जना वेपत्ता भएको मेयर बरालले जानकारी दिए।

बरालका अनुसार सोही गाउँका मने तिरुवाको घर पनि पहिरोले बगाएको छ। यस्तै सोही गाउँका धनगिरी शाहीसहित ९ जनाको घर उच्च जोखिममा छन्।

दुईतिरबाट पहिरो गएपछि पुरै टोल टापु बनेको बरालले बताए। जोखिममा रहेको परिवारलाई सुरक्षित स्थानमा सार्नका लागि हेकिलप्टरको कुरा भैरहेको बरालले जानकारी दिए।

सोही नगरपालिका वडा नम्बर ३ को फुगाड खोलाले कर्णाली करिडोरको बेलिब्रिज, एउटा झोलुंगे पुल र विश्णु बुढ्थापाको घर पुरै बगाएर कर्णाली नदिमा पुर्याएको बरालले जानकारी दिए।

बुढ्थापाको परिवार रातिनै नजिकैको ओडारमा गएर बसेको थियो। वडा नम्बर ३ को स्वास्थ्य कार्यालयमाथि रहेको २५ परिवारको वस्ति पनि पहिरोको उच्च जोखिममा रहेको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी श्याम ओलियाले बडुवातोलमा प्रहरी पुगिसकेको र चोक्टेबगरमा दुईतिर खोलमा पानी बढेकाले टोली पुग्न नसकेको बताए।

सोमबार राति देखि लगातार पानी परेपछि जिल्लाको अधिकांश ठाउँमा पहिरोले क्षति पुर्याएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 28, 2020| 12:18 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।