शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • असोज चार गतेभित्रै सरकारले पूर्णता पाउँछ, बिनापरिमार्जन एमसीसी पास हुँदैन : प्रचण्ड

असोज चार गतेभित्रै सरकारले पूर्णता पाउँछ, बिनापरिमार्जन एमसीसी पास हुँदैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही असोज ४ गतेभित्रै सरकारले पूर्णता पाउने दावी गरेका छन्।
 |  शनिबार, असोज २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २, २०७८

जनकपुरधाम– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही असोज ४ गतेभित्रै सरकारले पूर्णता पाउने दावी गरेका छन्। सरकारमा सहभागी दलहरुले मन्त्री बन्न चाहने नेताहरुको नाम टुंगो लगाउन नसकिरहेका बेला प्रचण्डले असोज ४ गतेभित्रै सरकारले पूर्णता पाउने दावी गरेका हुन्।

triton college

जनकपुरधाममा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले प्राविधिक कारणले सरकारलाई पूर्णता दिन ढिलाइ भइरहेको स्वीकार गर्दै अब चाँडै नै मन्त्रीमण्डल विस्तार गरी सरकारले पूर्णता पाउने बताए। उनले सरकारले पूर्णता पाउन नसकेको विषयलाई बहाना बनाएर गठबन्धन तोड्नकै लागि गठबन्धनमा असन्तुष्टि रहेको प्रतिगामी शक्ति मिलेर भ्रमको श्रृजना गरिरहेको आरोप लगाए।

उनले गठबन्धन बन्नु अगाडि नै प्रतिगामी शक्ति गठबन्धन बनोस् भन्नेमा लागेको र अहिले आएर गठबन्धनमा तीव्र असन्तुष्टि रहेको भन्दै भ्रम छरिरहेको आरोप लगाए। दाहालले भने, ‘प्रतिगामी शक्तिले रोक्न खोज्दाखोज्दै बनेको गठबन्धन संविधानको रक्षा, राष्ट्रको रक्षाका लागि बनेकाले ढुक्क भएर बस्नुस्। गठबन्धनमा कुनै किसिमको विवाद छैन, यो गठबन्धन टुट्दैन।’

एक अर्को प्रसंग दाहालले बिना परिमार्जन एमसीसी सम्झौता पास गर्न नमिल्ने बताए। उनले पहिलेको एमसीसी प्रस्तावमा रहेका विषयहरु बिगारिएकाले यसलाई बिना परिमार्जन पारित गर्न नमिल्ने बताएका हुन्। ‘यसअघि शेरबहादुर देउवा नेतृत्वकै सरकार रहेको बेला एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित गर्नुपर्छ भन्ने कुनै प्रावधान थिएन,’ उनले भने ‘ तर पछि केपी ओली नेतृत्वको सरकारमा प्रतिनिधिसभाबाट पारित गर्नुपर्ने विषय आएपछि मात्रै एमसीसीको विवाद सिर्जना भएको थियो। अमेरिकी संसदमा जब यो एमसीसी इण्डो प्यासिफिक स्ट्राटजीको अंग हो भन्ने विषय चर्चामा आएपछि यो विवाद झन् चर्कियो।’

यी गलत विषयहरुलाई संशोधन र परिमार्जन नभएसम्म एमसीसी पारित नहुने उनले दोहोर्याए। पैसा र विकास हामीलाई चाहिएकोले एमसीसी सम्झौता परिमार्जनपछि प्रतिनिधिसभाबाट पारित गराउन तयार रहेको उनले बताए ।

corrent noodles
Metro Mart

प्रकाशित: Sep 18, 2021| 16:53 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।