शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कम्युनिस्ट पार्टी कमिटी प्रणालीमा चलाउनुपर्छ : नेता नेपाल 

कम्युनिस्ट पार्टी कमिटी प्रणालीमा चलाउनुपर्छ : नेता नेपाल 

‘आज पनि कहीँकतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्ति देखा पर्दछन् भने त्यसविरुद्ध दृढतापूर्वक उभिनु सबै इमानदार नेताकार्यकर्ताको कर्तव्य हुन्छ।’
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

काठमाडौं- नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावनाले विगतमा कम्युनिस्ट आन्दोलन थिलथिलो बनाएको स्मरण गर्दै त्यस्ता गलत प्रवृत्तिविरुद्ध अझै दृढतापूर्वक उभिनुपर्ने बताएका छन्।

triton college

नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसमा बुधबार विज्ञप्ति जारी गर्दै नेता नेपालले भनेका छन्, ‘आज पनि कहीँकतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्ति देखा पर्दछन् भने त्यसविरुद्ध दृढतापूर्वक उभिनु सबै इमानदार नेताकार्यकर्ताको कर्तव्य हुन्छ।’

उनले नेकपालाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्धतिमा आधारित, जनतासँग अझै घनिष्ट, परिवर्तनको मार्गमा दृढ र वैचारिक रुपमा स्पष्ट बनाउन आवश्यक रहेकोमा जोड दिएका छन्।

नेपालले भनेका छन्, ‘कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’वा ‘चामत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने क्रान्तिकारी संस्था भएकाले यसलाई त्यहीअनुसार कमिटी प्रणालीका आधारमा चलाउनुपर्छ।’

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष नेता नेपालले पुष्पलालका आदर्शलाई दृढतापूर्वक पछ्याइरहने प्रतिबद्धता जनाउँदै उनको क्रान्तिकारी, सरल, बौद्धिक, संघर्षशील र निष्ठापूर्ण व्यक्तित्वबाट सबैलाई अभिप्रेरित रहन कामना गरेका छन्।

corrent noodles
Metro Mart

 

प्रकाशित: Jul 22, 2020| 10:53 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।